पोर्चुगलमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदै बाग्लुङे युवा सापकोटा


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले एक आठ हजार जनालाई आठ हजार पिज्जा निःशुल्क खुवाउने अभियान शुरु गर्नुभएको छ ।

‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितका लागि टोली नै लिएर सापकोटा एक महिनाभित्र पिज्जा खुवाउन मैदानमा उत्रनुभएको हो । अभियान असार २ गतेदेखि शुरु भइसकेको छ ।

इटालेली पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफका रूपमा उहाँ धेरै पटक सम्मानित भइसक्नुभएको छ । बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउनुभएका ४५ वर्षीय सापकोटा विभिन्न सेवामूलक काम र सहयोग पुर्‍याएकाले पनि सुपरिचित हुनुहुन्छ । कोरोनाको महामारीबाट समस्यामा परेका मानिसलाई आफ्नो निजी खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाइएको सापकोटाको भनाई छ ।

पोर्चुगलको राजधानी लिस्बनका २४ वटा वडाका समस्याग्रस्त मानिसलाई पिज्जा खुवाउने लक्ष्य राखिएको छ । ‘लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टिम जुटेको छ’, सापकोटाले भन्नुभयो । घुम्ती शिविर हरेक वडामा सञ्चालन हुने र घरघरमा पिज्जा पु¥याइने छ । स्थलगत पिज्जा तयार पार्ने व्यवस्थापनमा नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि लागिपर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मूलतः एशियाली र अफ्रिकी तथा पोर्चुगिसलाई पिज्जा वितरण गर्ने लक्ष्य छ । सामान्यतः एउटा पिज्जा तयार गर्न नौ युरो अर्थात् झण्डै रु एक हजार एक सय लाग्ने अनुमान छ । अभियानलाई नै आवश्यक पर्ने पिज्जा बनाउनका लागि उहाँले ३० हजार युरो(झण्डै रु ४० लाख) पर्ने चुल्हो (फोर्नाे) उहाँले किन्नुभएको छ । उहाँको अभियानमा ७० हजार युरो (रु ८५ लाखदेखि ९० लाख) खर्च हुने जनाइएको छ ।

अभियानमा लिस्बन नगरपालिकाका मेयरले महत्वाकाङ्क्षी योजनामा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काउन्सिलर कार्लोस कास्तुले आफैँ पिज्जा बनाउने स्थलमा उपस्थित भई उहाँको कामको हौसला प्रदान गर्नुभएको छ । एक नेपालीले यति ठूलो पुण्य काम गरेकामा लिस्बन नगरपालिका सधैँ साथमा रहेको उहाँले बताउनुभयो ।

अभियान पोर्चुगलभरि नै सञ्चालन गर्ने उहाँको अठोट छ । ‘समाजसेवा भनेको मनदेखि नै आउनुपर्छ । अ स्वार्थरहित समाजसेवामा लागेको हुँ’, उहाँले भन्नुभयो । उक्त अभियानमा ५०० स्वयंसेवक परिचालन गरिएको छ । एघार कर्मचारी पारिश्रमिक लिएर उक्त अभियानमा खटिरहेका छन् ।

यसअघि सापकोटा विश्वको सबैभन्दा महँगो र दुर्लभ च्याउ (हाइट्ट्राफल) पोर्चुगलमा भित्र्याउने पहिलो नेपालीको पहिचान बनाउन सफल हुनुभएको छ । हाल पोर्चुगलमा तीन इटालियन र एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । एक इटालेली रेस्टुरेन्टमा पिज्जा तयार पार्न सुनको चुल्हो तयार राखिएको छ ।

उहाँको रेस्टुरेन्टमा पोर्चुगलका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, कलाकार, फुटबल खेलाडी र राजनीतिज्ञको जमघट हुने गरेको छ । पोर्चुगलका वर्तमान राष्ट्रपति मार्सेलो रेवेलो दे सौसा र प्रधानमन्त्री एन्तानियो कोस्टा पनि धेरै पटक आफूले बनाएको पिज्जा खान रेस्टुरेन्ट आउने गरेको सापकोटाले आफ्नो अनुभव सुनाउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com