दक्षिण कोरियामा ६७ नयाँ संक्रमित भेटिए


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

दक्षिण कोरियामा शनिबार मात्र ६७ जना नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । निकै लामो समयपछि यहाँ एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन्।

यहाँका स्वास्थ्य अधिकारीहरुले गत मे २८ पछि यति ठूलो संख्यामा यहाँ पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार तीन हप्तापछि पहिलो पटक दक्षिण कोरियामा ६७ जना नयाँ संक्रमित भेटिएका छन् र तीमध्ये ३१ जना विदेशबाट आएका व्यक्ति हुन् । बाँकी दक्षिण कोरियाकै नागरिक संक्रमित भएका हुन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले गत मे २८ मा यहाँ ७९ जना संक्रमित भेटिएका थिए । त्यसपछि यहाँ यति ठूलो संख्यामा पहिलो पटक संक्रमितहरु भेटिएका हुन् । दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । यहाँ पछिल्लो समयमा उक्त प्रकोप नियन्त्रणमा रहेको पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यहाँ अहिलेसम्म १२ हजार ३७३ जना संक्रमित छन् । साथै यहाँका २८० जना नागरिकको यो भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

दक्षिण कोरियामा मे महिनाको शुरुवातदेखि नै कोरोना भाइरसको प्रकोपबाट बच्न सामाजिक दुरी कायम गर्नुका साथै स्वास्थ्यका विविध मापदण्डहरु निकै कडाइका साथ पालना गरिएको छ । जसका कारण यहाँ यो भाइरसको संक्रमण विश्वका अन्य देशको तुलनामा फैलिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com