अगस्तमा सबै नेपाली डिभी विजेताको भिसा करेन्ट, तर दूतावासबाट भिसा अनिश्चित


प्रकाशित मिति : असार २, २०७७ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार अगस्तमा सबै केस नम्बर हुने डिभी विजेताहरुको भिसा करेन्ट गरिएको छ । तर कोरोनाको महामारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुमा डिभी लोटरी लगायत आप्रवासी भिसा जारी गर्नमा रोक लगाइएको छ ।

भिसा बुलेटिन अनुशार जुलाईमा १३ हजार ५ सय सम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुनेछ । अगस्तमा भने विश्वभरका जुनसुकै केस नम्बर हुनेहरुका लागि पनि भिसा करेन्ट गरिएको छ । यद्यपी दूतावासहरुमा रोकिएको भिसा अन्तरवार्ता कहिलेदेखि सुचारु हुने भन्नेबारे केही निश्चित छैन ।

आर्थिक बर्ष २०२० का लागि डिभी पारेकाहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्ममा भिसा पाइसक्नुपर्छ । अन्यथा उनीहरु डिभी विजेता भएपनि अमेरिका आउन पाउनेछैनन् । आगामी अक्टोबरबाट २०२१ का डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरिनेछ, जसको नतिजा यही जुनको पहिलोसाता आइसकेको छ ।

यसैबीच डिभी आवेदन स्वीकृत भएकाहरुलाई अमेरिकी दूतावास काठमाडौंले डीएस २६० आवेदन फारम अनलाइनमा यथाशीघ्र भर्न आग्रह गरेको छ । यो फर्म अनलाइनबाटै भर्न सकिने, निशुल्क रहेको र भिसा कन्सल्टेन्सीहरूको मद्दत लिइराख्नुनपर्ने दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिड१९ को प्रकोपपछिको लकडाउनको कारणले काठमाडौंस्थित अमेरिकी दूतावास हाललाई बन्द छ। आज अमेरिकी दूतावासले भिसाबारे फेसबुकमा विभिन्न प्रश्नको जवाफ दिने योजना बनाएको थियो । तर प्राविधिक कारणले अमेरिकी भिसा सम्बन्धी फेसबुक कुराकानी अहिलेलाई स्थगित गरिएको दूतावासले जनाएको छ।

२६ सय बढीको भिसा अनिश्चित

अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । कोरोनाको महामारीका कारण नेपालमा लकडाउन सुरु भएका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा उनीहरु अमेरिका आउन नपाएका हुन् ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

फरबरीमा भने डिभी विजेता, उनीहरुका दम्पत्ति र छोराछोरीगरी ३०३ जना नेपालीहरुले भिसा पाएका थिए । उनीहरुमध्येका कैयन कोरोनाको महामारीका कारण अमेरिका आउन पाएका छैनन् । त्यस्तै जनवरीमा ४१२ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए । भिसाको अवधि ६ महिनाको हुने भएकाले मार्च वा अप्रिलमा अमेरिका आउने योजना बनाएका उनीहरुमध्येका पनि नेपालमै रोकिएका छन् ।

डिसेम्बरमा ४६०, नोभेम्बरमा ३२५ र अक्टोबरमा ८० नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । तीमध्येका केहीले समेत मार्चको दोश्रोसातापछि वा अप्रिलमा अमेरिका आउने योजना बनाएका थिए । तर उनीहरु पनि नेपालमा नै रोकिएका छन् ।

अप्रिल २३ को मध्यरातपछि अमेरिकी सरकारले अधिकांश आप्रवासी भिसा जारी गर्न ६० दिनका लागि स्थगित गरेको छ । त्यसैले अब जुनको अन्तिम सातासम्म डिभी लोटरी विजेताहरुलाई भिसा जारी नगरिने भएका कारण यो अवधिमा भिसा पाउने अपेक्षा गरेका झण्डै १२ सय देखि १५ सय डिभी विजेता नेपालीहरु अन्यौलमा परेका छन् ।

चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये जम्मा १०६९ जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् । बाँकी २६ सय भन्दा बढी नेपाली डिभी विजेताहरु अमेरिका आउन पाउने वा नपाउने अनिश्चयमा रहेका छन् ।

दूतावासको अहिलेसम्मको क्षमता अनुशार महिनामा अधिकतम २८३ जना प्राथमिक डिभी विजेताको भिसामात्र प्रकृयामा लगेको देखिन्छ । अर्कोतर्फ डाइभर्सिटी भिसा पाइसकेका अन्य कैयन नेपालीहरु ६ महिनामा अमेरिका आउन नसक्दा उनीहरुको भिसा नथपिने हो कि भन्ने चिन्ता समेत बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com