न्युयोर्कमा सुष्मिता गायन प्रतियोगितामा प्रथम


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

नेपाली चेली सुष्मिता दीयाली अमेरिकाको न्युयोर्क शहरमा हालै मात्र सम्पन्न भ्वइस अफ २०२० नामक गायन प्रतियोगितामा प्रथम भएकी छन् ।
अमेरिका बस्ने नेपालीहरु मध्यकी एक होनाहार प्रतिभा हुन् सुष्मिता । साङ्गितिक क्षेत्रबाट आफ्नो यात्रा सुरुवात गरेकी बहुप्रतिभाशालि सुष्मिताले सफल र सक्षम महिलाको उपाधी समेत पाएकी छिन् । उनले नगद पुरस्कार पनि हात पारिन् । उनलाई क्वीन्स् न्यूयोर्कका काउन्सिल सदस्य एड्रिने एडम्स र एनवाईसी हेल्थ हस्पिटल क्वीन्सका सिइओ इसरेल रोचाले सम्मान गरेका थिए ।

उनी साउथ एसियन काउन्सिल फर सोसल सर्भिसेज इन युएसएमा म्यानेजरका रुपमा कार्यरत छिन् ।
कार्यक्रम अन्तराष्र्टिय महिला दिवस मार्च ८ को सन्दर्भ पारेर आयोजना गरिएको थियो । एल्म्ह्र्सट अस्पतालको शभाहलमा सम्पन्न कार्यक्रममा भारत, मेक्सिको, चाईना र अमेरिका लगायत अन्य देशका प्रतियोगीहरुले पनि सहभागीता जनाएका थिए ।
संगीतलाई उर्जा र उमंगको रूपमा लिने सुष्मिताका बुवा राम दीयाली पनि नेपालका प्रसिद्ध संगीतकार हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com