बैंक र इन्सुरेन्स ठगी गर्नेहरुले अमेरिकी नागरिकता नपाउनसक्ने, नैतिक चत्रिको नियममा कडाई


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकताका लागि चाहिने असल नैतिक चरित्रबारे आफ्नो नीति निर्देशिका विस्तार गरेको छ । आज जारी नयाँ नीति निर्देशिका अनुशार गैरकानुनी गतिविधि गरेको व्यक्ति अमेरिकी नागरिकताका लागि राम्रो नैतिक चरित्र स्थापना गर्न नसक्दा नागरिकता अस्वीकार गर्न सकिने उल्लेख गरिएको छ ।

युएससीआईएसको सुचना यहाँ हेर्नुहोला ।

अमेरिकी नागरिकताको लागि वैधानिक अवधिभर कुनै अपराधमा दोषी ठहरिएको भएमा, जेल परेको भएमा वा गैरकानुनी काम गरेको भएमा त्यसका कारण उक्त व्यक्ति अमेरिकी नागरिकता प्राप्त गर्नबाट वञ्चित हुनसक्ने भएको छ । पहिलेको नीतिमा गैरकानुनी कामबारे वृहत सुचना समेटिएको थिएन । नयाँ नीति निर्देशिका कार्यान्वयनका लागि युएससीआईएसका अधिकारीहरुलाई विशेष तालिमको समेत व्यवस्था गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

आज जारी नीति निर्देशिका यस्तो छ ।

यस अगाडि डिसेम्बर १० मा छुट्टै नीति निर्देशिका जारी गरेर दुई वा सोभन्दा बढी मादक पदार्थ सेवन गरेर गाडी चलाएकोमा दोषी ठहरिएकाहरुलाई असल नैतिक चरित्र भएको नमानिने उल्लेख गरिएको थियो । अहिले परिभाषित गैरकानुनी कार्यमा विभिन्न खाले अपराधहरुलाई सुचिकृत गरिएको छ ।

आज अपडेट गरिएको नीति विस्तारमा

सुचीमा सजाय पाउनबाट बच्न वा अपराधमा पेशहुनबाट बच्न जमानतमा रिहा हुनेहरु, बैंक ठगी, प्रतिबन्धित पदार्थ बेच्नेहरु, अमेरिकी नागरिकता दावी गर्न असफल हुनेहरु, जालसाजी, इन्सुरेन्स ठगी, सोसल सेक्युरिटी फ्रड, यौनहिंशा, उत्पीडन, गैरकानुनी मतदान लगायत समेटिएको छ । वैधानिक अवधिभर भन्नाले सामान्यतया अमेरिकी ग्रिनकार्डवाहकको हकमा ५ बर्षको अवधि बुझाउँछ भने अमेरिकी नागरिकसँग विवाह गर्नेको हकमा ३ बर्षको अवधि बुझाउँछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com