अष्ट्रेलियाले अहिले दक्ष पेशाको सुची सार्वजनिक गरिरहेको छ। उक्त सूचीमा इन्भिटेसन पनि उल्लेख गरिएको हुन्छ । अष्ट्रेलियाको भिसा प्रोसेसिङ्गमा इन्भिटेसन भनेको के हो त ?
स्पोन्सर नगरिएको भिसा हो भने माइग्रेसनबाट इन्भिटेसन आएपछि मात्र तपाईंले उक्त कामको लागि भिसा प्रोसेस अगाडी बढाउन सक्नुहुन्छ । तपाईं आफूमा भएको दक्षता र गर्न चाहेको कामबारे जानकारी भएपछी मात्र अष्ट्रेलियाको माइग्रेसनले अष्ट्रेलियन एक्सप्रेसन अफ इन्टरेस्ट ( EOI ) मार्फत भिसा प्रोसेस अगाडी बढाउने अनुमति दिन्छ । त्यो अनुमति नै इन्भिटेसन हो ।
इन्भिटेसन आएको ६० दिनभित्र भिसा प्रोसेस अगाडी बढाउनुपर्छ । त्यो बीचको समयमा तपाईंले आफ्नो कामको दक्षता वा रुचिको बारेमा फेरबदल गर्न पाउनुहुन्न। अर्थात जुन कामको लागि इन्भिटेसन पाउनुभयो त्यहि कामको लागि नै प्रोसेस अगाडी बढाउनुपर्छ । यदि ६० दिनभित्र भिसाको लागि प्रोसेस अगाडी नबढाएमा फेरी अर्को इन्भिटेसन पर्खिनुपर्छ ।
यदि उही EOI को लागि एकै समयमा दुईवटा इन्भिटेसन पाएर पनि भिसाको लागि अगाडी नबढेमा फेरी नयाँ EOI को लागि निवेदन दिनुपर्ने हुन्छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।