‘बिग बोस १३’ छोड्दै सलमान खान


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

चर्चित भारतीय टेलिभिजन शो ‘बिगबोस १३’ यतिबेला चर्चामा रहेको छ । यस शोको टीआरपी बढेसँगै निर्माताहरुले बिग बोस १३’ लाई थप पाँच हप्ता अगाडि बढाउने निर्णय गरेको हो । तसर्थ अब यो शो अब फेब्रुअरीमा सकिनेछ । बिग बोसको चौथो सिजनदेखि १३ सिजनसम्म सलमानले शो होस्ट गरिरहेका छन् ।

सलमान खानले बिगबोसको घरमा बस्ने प्रतियोगी तथा त्यहाँको माहोललाई सम्हाल्दै शो होस्ट गर्ने शैलीलाई दर्शकले निकै नै रोचक तरिकाले हेर्दै आइरहेका छन् । टेलिभिजन दुनियाँमा बिग बोसको भारतीय सिरिज र सलमान खान एक अर्काको पर्याय जस्तै बनिसकेका छन् । तर ‘बिग बोस १३’ को निरन्तर छायाँकंन तथा अन्य सम्झौताका कारण सलमान खानको स्वास्थ्यले उनलाई साथ दिइरहेको छैन ।

शोका प्रतियोगीबीच हुने झगडा, विवाद र त्यहाँको माहोलले सिर्जना गर्ने तनावका कारण सलमानले पछिल्ला केही सिजनहरुमा पटक पटक शो छोड्ने कुरा पनि बताउँदै आइरहेका थिए । तर हालै सार्वजनिक खबरहरुका अनुसार सलमानको स्वास्थ्य समस्याका कारण उनको परिवारले समेत सलमानलाई शो छोड्न भनेको छ ।

खबरहरुका अनुसार सलमान खान ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् । यसै रोगका कारण सलमानका लागि तनाव लिनु र रिसाउनु घातक हुन सक्छ । यस रोगका बिरामीको अनुहारको मांशपेशी तन्किँदा भयानक पीडा हुन थाल्छ । अहिले ‘बिग बोस १३’ को शो होस्टका क्रममा सलमान निकै नै रिसाउने गरिरहेका छन् ।
बिग बोस घरमा रहने प्रतियोगीको व्यवहारका कारण सलमान रिसाउने र झर्कने गरिरहेका छन । जुन कुरा सलमानको स्वास्थ्यका लागि उचित होइन । बिग बोसको चौथो सिजनदेखि होस्ट गर्दै आइरहेका सलमानले पछिल्ला केही सिजनदेखि नै शो होस्ट गर्न छोडिदिने बताउँदै आइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर हरेक पटक च्यानल तथा शोका निर्माताहरुले सलमानलाई मनाउँदै आइरहेका छन् । तर यस पटक भने सलमान शो छोड्ने कुरामा अडिग रहेका छन् । सलमानका आफन्तजनले निर्मातालाई छायाँकंनको क्रममा सलमानलाई धेरै तनाव नदिन चेतावनी दिएका छन् । साथै सलमानलाई छिट्टै नै यो शो छोड्न भनिरहेको छ । तसर्थ सलमानले उनको स्वास्थ्यलाई ध्यानमा राख्दै शो छोड्न सक्ने चर्चा छ ।

सलमान खानले शो छोडेलगत्तै फिल्म निर्देशक तथा कोरियोग्राफर फराह खानले शोलाई अगाडि बढाउने चर्चा भइरहेको छ । फेब्रुअरीसम्म चल्ने यस शोलाई फराहले जनवरीदेखि होस्ट गर्नेछिन् ।

यही डिसेम्बर २७ मा ५४औं जन्मदिन मनाउन गइरहेका सलमानले आफ्नो जन्मदिन बिग बोसकै सेटमा मनाउन सक्ने पनि बताइएको छ । सलमान खान ‘बिग बोस १३’ बाहेक फिल्म ‘दबंग ३’ को प्रमोशनमा समेत व्यस्त छन् ।

यो फिल्म यही डिसेम्बर २० मा रिलिज हुँदैछ । यस बाहेक उनी फिल्म ‘राधे’ को छायाँकंनमा समेत व्यस्त छन् । जुन फिल्म अर्को वर्षको इदको अवसरमा रिलिज हुनेछ । -एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com