करोड बढीको लागतमा ट्राफिक भवन


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

लामो समयदेखि टहरामा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आफ्नै पक्की भवन बनेको छ । भौतिक संरचनाको अभावमा दैनिक कामकाज र सुरक्षाको हिसावले समस्यामा परेको ट्राफिकको अव भने आफ्नै भवन बनेको हो । नेपाल सरकारको १ करोड ५६ लाख ८३ हजार ९ सय ६६ रुपैँया लागतमा ट्राफिकको भवन तयार भएको हो । मनकामना निर्माण कम्पनीले उक्त भवन तयार पारेको हो ।

सुविधा सम्पन्न पक्की तीन तले भवनको विहिवार एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख सुरेश विक्रम शाहले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै प्रहरी प्रमुख शाहले भौतिक, आर्थिक र जनशक्तिको अभावमा प्रहरीहरुलाई काम गर्न मुस्किल हुने हुदाँ काममा सहजताको लागि आवश्यक पुर्वाधार हुन जरुरी रहेको बताए । उनले अझै पनि धेरै प्रहरी कार्यालयहरु भाडाको घरमा, अर्काको जग्गा र कच्ची एवम कमजोर संरचनामा बस्दै आईरहेको बताए । उनले अव नेपाल सरकारले प्रहरीहरुलाई क्रमश. पक्की संरचना तयारमा भरपुर सहयोग गर्ने आशा समेत व्यक्त गरे । उद्घाटन गर्दै उनले प्रविधि र सुविधा सम्पन्न पुर्वाधारयुक्त प्रहरी नै आजको आवश्यकता भएको भन्दै पुर्वाधार युक्त प्रहरीले दिने सेवा पनि प्रभावकारी हुनुपर्ने बताए ।

‘अभावमा प्रहरीले सर्वसाधारणलाई गुणस्तरिय सेवा दिन सक्दैन, शारिरीक तथा मानसिक रुपमा जवसम्म प्रहरी तयार हुँदैन त्यसले दिने सेवा पनि प्रभावकारी हुँदैन । त्यसको लागि भौतिक पुर्वाधार र सुविधा प्रहरीलाई हुनुपर्छ ।’ डिआईजी शाहले भने, ‘सबैको सहयोग र साथले मात्रै प्रहरीले अपराध न्युनिकरण गर्न र सुरक्षा कायम गर्न सक्ने भएकाले सबैको सहयोग आवश्यक हुन्छ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकार गोविन्द रिजालले जिल्लामा ट्राफिक प्रहरीलाई देखिएको भौतिक अभाव टरेको हुदाँ अव जिम्मेवारीका साथ काम गर्न प्रहरीलाई आग्रह गरे । साथै उनले जिल्लामा अझै पनि ट्राफिक जनशक्ती अभाव भए पनि सिमित जनशक्तीमा गुणस्तरिय काम गर्नको लागि प्रयासरत रहनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी रिजालले कार्यकुशलता, कार्यदक्षता र कार्यप्रभावकारीताका लागि पुर्वाधार अपरिहार्य रहेको चर्चा गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले पुर्वाधार नहुँदाको प्रहरीको काम र पुर्वाधार हुँदाको प्रहरीको काममा परिवर्तन हुनु आवस्यक रहेको भन्दै त्यो कार्यदक्षता देखाउनका लागि आग्रह गरे । सामान्य किसिमको होसियारीले दुर्घटना न्युनिकरण गर्न सकिन्छ भन्ने उदाहरण यो पटकको निर्वाचन रहेको भन्दै उनले ट्राफिक चेकजाँचलाई बढाउँदा मात्रै पनि दुर्घटना कम हुन सक्ने उनको धारणा थियो । साथै उनले एक दुई जना प्रहरीको व्यवहारगत आचरणका कारण संगठनमै प्रश्न उठ्ने गरेकोले त्यस्ता आचरणहरु सुधार गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा नागरिक समाजका चन्द्रराज पन्त र यातायात व्यवसायी महासंघका सल्लाहकार सुरेश हमालले ट्राफिक प्रहरी शारिरीक तथा मानसिक रुपमा तयार हुनका लागि पुर्वाधारको विकास हुनु आवस्यक रहेको भन्दै त्यसपछि मात्रै सडकमा हुने दुर्घटनालाई कम गर्न प्रहरी सबल हुने विचार व्यक्त गरे । उनीहरुले तराई क्षेत्रमा जोडो महिलाभर हुस्सु लाग्ने भएकाले दुर्घटनाको जोखिम हुने हुँदा प्रहरी लगायत विभिन्न निकायहरुको सचेतना जरुरी रहेको भनाई राखेका थिए । कार्यक्रममा प्रहरी निरिक्षक सुमन दाहालले प्राविधिक विषयहरु जानकारी गराउँदै साडे २ तलाको भवनबाट सम्पुर्ण सेवा दिने उदेश्यले निर्माण भएको जानकारी दिए ।

टहरामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अब सुविधा सम्पन्न भवनबाट सेवा दिने भएको छ । नेपाल सरकारको नियमित बजेट अन्र्तगत एक करोड ६० लाख ५७ हजार रुपैयाको लागतमा निर्माण भएको सुविधासम्पन्न भवनबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवा प्रदान गर्न सुरु गरेको छ । यसअगाडी भवन नहुँदा पानी चुहिने टहराबाट ट्राफिक प्रहरीले सेवा दिदै आएको थियो । अब सुविधा सम्पन्न भवन निर्माण भएपछि ट्राफिक प्रहरीको सेवा सुविधा थप प्रभावकारी हुने विस्वास गरिएको छ ।

भवन उद्घाटनको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार टेकबहादुर कुसारी र प्रहरी जवान लोकेन्द्र विष्टलाई सम्मान गरिएको थियो भने भवन निर्माणका लागि सहयोग गर्ने घोराही उपमहानगरपालिका, मनकामना निर्माण सेवा, घोराही सिमेन्ट उद्योग, स्वर्गद्धारी टिप्पर व्यवसायी प्रालीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमले गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com