अमेरिकामा एसाइलम खोज्नेलाई ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोर पठाइने (नयाँ नियमको पूर्ण पाठ)


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

ट्रम्प प्रशासनले ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोर लगायतका मुलुक हुँदै अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई ती मुलुकहरुमा नै फिर्ता पठाउन नयाँ नियम प्रकाशित गर्ने तयारी गरेको छ । उक्त नियमको प्रति सोमबार अनलाइनमा राखिएको छ ।

पूर्ण पाठ यहाँ हेर्न सक्नुहुनेछ ।

ती देशहरुहुँदै अमेरिका आउनेहरुले ती देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको खण्डमामात्र अमेरिकामा एसाइलमका लागि योग्य हुनेछन् । त्यसैले ती देशहुँदै अमेरिका आएका तर ती देशमा एसाइलम दावी नगरेकाहरुलाई त्यही फिर्ता पठाउने तयारी गरिएको हो ।

तीनमध्ये कुनै देशमा पठाउनका लागि मेक्सिको सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुलाई तीब्र गतिको देशनिकालामा राख्न सकिने जनाइएको छ । यसअगाडि यी तीनदेशसँगको अमेरिकाको सहमति चर्चामा आएपनि कसरी कार्यान्वयन हुने भन्नेबारे केही बताइएको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आप्रवासी अधिकारकर्मीहरुले अमेरिका र तीनदेशबीच भएको उक्त सहमतिको विरोध गरेका छन् । अमेरिकामा एसाइलम खोज्नेलाई तेश्रो देशमा पठाउने सहमति उचित नभएको उनीहरुको भनाई छ ।

विगत ६ महिनामा भएका एसाइलमका दुई कडा नियमपछि यो नियम आएको हो । यसअगाडि अमेरिका आउने क्रममा बाटोमा पर्ने देशमा एसाइलम दावी गरेर अस्वीकृत नभएकाहरुलाई अमेरिकामा एसाइलम आवेदन दिन अयोग्य बनाउने नियम आएको थियो । त्यस्तै अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुले अदालती सुनुवाईसम्मका लागि मेक्सिकोमा नै प्रतिक्षा गर्नुपर्ने नियम लागु गरिएको थियो ।

नयाँ नियम मंगलबार फेडरल रजिस्टरमा प्रकाशित गरिने छ ।

६४ पृष्ठ लामो उक्त नियमलाई अन्तरिम अन्तिम नियम बताइएको छ । उक्त नियम कहिलेदेखि कार्यान्वयन हुने भन्ने भोलि थाहा हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com