प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले गरीन् प्याज नखाने घोषणा


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

मंसिर ०२, काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् । प्रधानमन्त्री शेख हसिना वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो समाचार सार्वजनिक गरेका हुन् ।

एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनताला पनि निरुत्साहित गर्ने उनको सोच छ । बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो रहेको प्याजको भाउ बढेर सोमबार २ सय ६० टका पुगेको छ । हसिना सरकारको अस्थिर अर्थनीतिका कारण तरकरीको भाउ आकासिएको भन्दै विपक्षी दलले आन्दोलनको घोषणा नै गरेको छ । भारतले निर्यात प्रतिवन्ध लगाएपछि बंगलादेशमा अहिले म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको छ ।

उपभोक्तालाई सीमित राहत दिन सरकारले ४५ टका प्रतिकिलोमा प्याज विक्री सुरु गरेको बंगलादेशी समाचार एजेन्सीहरुले लेखेका छन् । प्याजको मूल्य बढ्न थालेपछि भारतले असोज १२ गते आफ्नो मुलुकबाट सबै प्रकारको प्याज निर्यात रोकेको थियो । भारतबाट अन्य मुलुकमा प्याज निर्यात नभएपछि नेपालमा पनि यसको प्रभाव परेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारका विकास समितिका अनुसार अहिले थोकमा सुकेको प्याजको मूल्य १६० रुपैयाँ तोकिएको छ । प्याजको खुद्रा मूल्य भने औसत १८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com