‘अघोरी बाबा’ की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौँबाट आज म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारवाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा प्रहरीले पाण्डेलाई सोमबार पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा फकाइ, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले आपराधिक लाभसम्बन्धी कसुर (ठगी) गरेको मानिने उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रष्टाचारसम्बन्धी र सरकारी संस्थाबाहेक यसरी ठगी गरेको प्रमाणित भएमा सात वर्ष जेल र रु ७० हजार जरिवाना गरिने व्यवस्था छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com