पण्डितले अब बेहुला र बेहुलीको नागरिकता हेरेर मात्रै विवाह गराउने


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

जाजरकोटका पण्डितहरूले अब विवाह कर्म गराउनुअघि केटा र केटीको नागरिकता हेर्नुपर्ने भएको छ । जिल्लामा बालविवाह बढेपछि पण्डितहरूले नागरिकता हेरेर उमेर पुगेकाको मात्र विवाह गराउनुपर्ने नियम प्रहरीले बनाएको हो । नियम उल्लंघन गर्ने पण्डितमाथि कारबाही गर्ने प्रहरीको चेतावनी छ ।

‘जिल्लाका पण्डितहरूसँग हामीले छलफल गर्‍यौँ । वर–बधूको जन्मदर्ता र नागरिकताको प्रमाण हेरेर मात्रै विवाह कार्यक्रम अघि बढाउन पण्डितहरू सहमत भएका छन्,’ जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले भने, ‘यो नियम नमान्ने पण्डितले कारबाही भोग्नुपर्छ ।’

प्रहरीसँग वालविवाहबारे प्रशिक्षण लिएपछि पण्डितहरू पनि केटा र केटीको नागरिकता हेरेपछि उमेर पुगेकाको मात्रै विवाह गराउन सहमत भएका छन् । ३० वर्षदेखि पुरोहित्याइँ गर्दै आएका भेरी नगरपालिका मटेलाका सत्यप्रसाद शर्माले उमेर नपुगेका केटाकेटीको विवाह नगराउन प्रहरीसँग प्रतिबद्धता जनाएको बताए ।

‘उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनुपर्‍यो भनेर बोलाए भने हामी जाँदैनौँ, सम्झाएर फर्काइदिने अभियानमा छौँ,’ पण्डित शर्माले भने, ‘प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलिदिएको छ । हामीले मात्रै इमानदारिता देखायौँ भने बालविवाह धेरै घट्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तथ्यांकअनुसार जाजरकोटमा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध–विच्छेदलगायत घटना बढेका छन् । बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी वा भागी विवाह गर्छन् । त्यसपछि सामाजिक परम्पराअनुसार पण्डित बोलाएर विधिपूर्वक सिन्दूर हालेर विवाहलाई वैधता दिने चलन जाजरकोटमा बढी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com