शहिद परिवार र घाइतेमाथि मुख्यमन्त्रीले किन गरे अपमान


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

मधेश आन्दोलनका बेला सयौ शहिद बलिदानिको सेन्टिमेन्टबाट बनेको प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवारहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेट्न समेत समय नदिएर अपमान गरेका हुन् ।

मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका घाइते तथा सहिद परिवारहरु पूर्व सूचना दिएर बिहीबार दिउँसो १ बजे मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्यालय जनकपुर आएका थिए । तर, उनीहरुलाई मुख्यमन्त्रीले समय दिएनन् । ज्ञापनपत्र बुझाउन आउन लागेको थाहा हुँदाहुँदै पनि मुख्यमन्त्री राउत भने सिरहा जिल्लाको कार्यक्रममा सहभागि हुन गएर आफुहरुलाई नभेटी अपमान गरेको मधेश आन्दोलनका घाइते पर्साका विजय यादवले बताए । मुख्यमन्त्रीले आ“फुहरुलाई वेवास्ता र अपमान गरेको गुनासो गरे ।

त्यस्तै, बारा कलैयाका मधेश आन्दोलन २०६३ का घाइते जितेन्द्र प्रसाद यादवले सहिद र घाइतेहरुको बलबुतामा सत्तामा पुगेपछि उनीहरुको रहनसहन, बोलीवचन सबै फेरिएको र अहिले उनीहरु सहिद परिवार र घाइतेहरुको मुख समेत हेर्न नचाहेको दुखेसो पोखे । त्यस्तै अर्का घाइते लालबाबु राउत कुर्मीले मधेश आन्दोलनमा सहादत भएका सहिद परिवारलाई ५० लाख रुपैया“ र घाइतेलाई उपचार तथा परिवारको व्यवस्थापनको घोषणा गर्नेहरु अहिले सत्तामा आएर सबै विर्सिएको दुखेसो पोखे । अहिले जागिरको नाममा प्रदेश सरकारले सहिद परिवारलाई पिउन, चपरासीको जागिर दिएर अपमान गरेको उनिहरुको गुनासो छ ।

मुख्यमन्त्रीले समय दिएर ज्ञापन पत्र नबुझी बाहिर गएपछि घाइते तथा सहिद परिवारहरु निराश भएर घर फर्किएका छन् । उनीहरुले छिटै आफुहरुको माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालयमै आएर अनसन बस्ने चेतावनी दिएका छन् ।सहिद परिवार र घाइतेहरुलाई जिल्लाको सदमुकाममा स्वीकृत बस्ती निर्माण गरी आवासको सेवा सुविधा प्रदान गर्ने छोराछोरीलाई उच्च शिक्षासम्मको लागि अनुदानको व्यवस्था गर्ने पनि उनिहरुले माग गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com