डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गर्नुभएका डा. केसी अस्पताल भर्ना


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गर्नुभएका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो ।

डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताउनुभयो ।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताउनुभयो । डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उहाँले बताउनुभयो । सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थाल्नुभएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com