अमेरिकामा नेपाली र दक्षिण एसियाका महिला शशक्तिकरणका पक्षमा रातोसारीमा कार्यक्रम


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

अमेरिकामा नेपाली र दक्षिण एसियाका महिलाहरुको शशक्तिकरणका पक्षमा महिलाका लागि महिला भन्ने भन्ने नाराका साथ रेड सारी इभेन्ट गरिने भएको छ । शनिबार दिउसो साढे १ बजेदेखि न्युजर्सीको जर्सी सिटीमा हुने कार्यक्रममा सहभागी सबै महिलाले रातो सारी लगाउनेछन् ।

हरेक बर्ष गरिने यो कार्यक्रममा उपस्थीत नेपाली र दक्षिण एसियाली बाहेक अमेरिकन महिलाहरुले समेत ऐक्यवद्धताका लागि रातो सारी लगाउदै आएका छन् । महिलामाथि हुने हिंशाबिरुद्ध आवाज उठाउँदै आएको बोलो बहन अर्थात् स्पीक सिस्टरको उत्सवका रुपमा यो कार्यक्रम आयोजना गरिदै आएको छ । ‘बोलो बहन’ न्यूजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तर्गत ‘हड्सन स्पीक्स’ले संचालन गरेको अभियान हो ।

दक्षिण एसियाली समुदायले भोग्नुपरेका सामाजिक विषयहरुलाई उठाउदै आएको हडसन स्पीक्स र बोलो बहनको उक्त कार्यक्रम १६९ एकेडेमी स्ट्रीट, जर्सी सिटीमा आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुने सबै महिलालाई रातोसारी लगाउन अनुरोध गरिएको छ ।

न्यूजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंसाबाट पीडित भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

हिन्दी, नेपाली, बंगाली तथा अंग्रेजीमासमेत सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंसाका पीडित नेपाली महिलाहरुलाईसमेत निःशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com