नेपालमा लैंगिक अल्पसंख्यकको पहिलो फ्लासमोब, स्वीकृति र विविधताको सन्देश


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

अमेरिकी दूतावास, एम्बेसी युथ काउन्सिल र वी इन्स्पायर नेपाल लगायतको सहयोगमा नेपालमा पहिलोपटक समलिंगी तथा तेश्रो लिंगीहरुको फ्लासमोब गरिएको छ । काठमाडौंको बौद्धमा समलिंगी तथा तेश्रो लिंगी कलाकारहरुले विविध सांस्कृतिक प्रदर्शन गरेका थिए ।

उक्त फ्लासमोबले सयौंलाई आकर्षित गरेको थियो । आत्मस्वीकृति र विविधताको मर्मसहित उक्त फ्लासमोब आयोजना गरिएको थियो ।

केही साताको अभ्यासपछि उक्त फ्लासमोब आयोजना गरिएको थियो । फ्लासमोबमा नेपाली, अँग्रेजी र हिन्दी गीतमा नृत्प प्रदर्शन गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com