गाइजात्रामा इन्द्रेणीमय हुँदै काठमाडौं, टुडिखेलमा रेन्बो कन्सर्ट


प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार

गाइजात्राको दिनमा लैंगिक अल्पसंख्यकहरुले काठमाडौंमा गौरवपूर्ण प्रदर्शन र परेड गर्ने भएका छन् । शुक्रबार दिउसो साढे १२ बजेदेखि ठमेलको त्रिदेवीमार्गबाट परेड सुरु हुने जनाइएको छ ।

इन्द्रेणी झण्डासहित परेड ठमेल चोक, नर्सिंग चोक, ठहिटी, बाँगेमुढा, इन्द्रचोक, हनुमान ढोकाहुँदै टुडिखेल आइपुग्ने कार्यक्रम रहेको छ । विगतमा दिवंगत हुनेहरुको सम्झनामा मैनबत्ति प्रज्ज्वलनपछि टुडिखेलमा दिउसो साढे ३ बजेदेखि कन्सर्ट हुनेछ ।

यो बर्ष पनि विगतका बर्षहरुजस्तै ब्लु डायमण्ड सोसाइटीले परेडको आयोजना गर्नेछ । यो लैंगिक अल्पसंख्यकको १६ औं गौरवपूर्ण प्रदर्शन र गाइजात्रा उत्सव रहेको जनाइएको छ ।

परेडपछि टुडिखेलमा हुने रेन्बो कन्सर्ट बेलुका ६ बजेसम्म चल्नेछ । कार्यक्रमको संचालन मिस नेपाल २००२ माल्भिका सुब्बाले गर्ने जनाइएको छ । कन्सर्टमा पिरु राना, सबिन लिम्बु, दिपक लिम्बु, लेखराज गुरुङ, प्राश्ना शाक्य, सपन श्रेष्ठ, हेमन्त शर्मा र मञ्जु पौडेल लगायतको प्रस्तुती रहने जनाइएको छ ।

फाइल फोटो : निश्चल अमात्य

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com