कुष्ठरोगीको पीडा


प्रकाशित मिति : माघ १९, २०७३ बुधबार

उपचारपछि निकोहुने भएपनि कुष्ठरोगप्रति रहेको अन्धविश्वासका कारण अहिले पनि उपचारबाट निको रहेका व्यक्तिलाई परिवारले स्वीकार नगर्दा अर्कैको आश्रयमा बाँच्न वाध्य छन् ।

इन्दिरा खनाल / शरीरमा फुर्सा र सेता दाग देखिंदा बाबु–आमाले धामीझाक्रीको सट्टा अस्पताल पु¥याएको भए ६२ वर्षीय खगीसरा गुरुङ्ग जिन्दगीभर अपाङ्ग भएर बाँच्नुपर्ने थिएन । परिवारले गरेको त्यही सानो गल्तीले उनको जिन्दगीको सुख खोसियो । जिवनभर अर्काको सहारामा बाँच्न वाध्य बनायो । पाल्पा रामपुरकी उनी अहिले वुटवल १५ स्थित कुष्ठरोगीहरुको क्षेत्रमा काम गर्ने कल्याड नेपालको आश्रयमा छिन् । “धामी झाँक्रिले कहिले वोक्सी लागेको भन्थे, कहिले नाग,”विगत सम्झदै उनी भन्छिन् “ निको हुनुको सट्टा रोग झन बढ्यो, हात र खुट्टाका औला झरे ।”
शरीरमा सेतो फुर्सो दाग देखिनु र उक्त दागमा चिमोट्दा नदुख्नु कुष्ठरोगको लक्षण हो । समयमै औषधी उपचार गरे कुष्ठरोग निको हुन्छ । तर, उपचार हुन्छ भन्ने थाहा नहुँदा र अन्धविश्वासमा धामी झाँक्रिको भरमा पर्ने धेरै व्यक्ति कुष्ट रोगकै कारण अपाङ्ग भएका छन् । ती मध्येकी एक हुन, कालीकोट बडागाउँकी कली सुनार ९६४० । चार वर्षहुँदा लागेको रोग, कुष्ठरोग रोग हो भन्ने २६ वर्ष हुँदा मात्र थाहा पाइन् । २१ वर्षसम्म उनका परिवार धामीझाँक्रिमै भर परे ।

पटक पटक घरमा बोलाइने धामीले कहिले बोक्सी त कहिले नाग लागेको बताउँथे । निको हुनुको सट्टा रोग बढ्दै गयो । “दाङ्गबाट गएका हुलाकीले कुष्ठरोग हो, अस्पताल गए सन्चो हुन्छ भनेर अस्पताल गएपछि पत्ता लाग्यो,” कली भन्छिन् “त्यतिवेलासम्म उपचार निकै ढिला भइसकेको थियो ।” कलीपनि गुरुङ्गसँगै एउटै आश्रममा छिन् । बोक्सी र देउता लागेको बहानामा धेरै कुखुरा काटिएको उनी बताउँछिन् । भनिन्छ, रोगीलाई हेला होइन मायाँ गर्नुपर्छ । त्यसले रोग निको हुन सहयोग पुग्छ । तर, कुष्ठरोगी पीडितहरुले भने परिवारबाट मायाँ पाउन सकेनन् । परिवारबाटै बहिस्कृत भएर निकालिएका उनीहरु अर्काको सहारामा बाच्न वाध्य छन् । तनहुँका ६३ बर्षीय पदम बहादुर बस्नेतलाई १७ वर्षको उमेरमा कुष्ठरोगको लक्षण देखियो । २५ वर्षको पुग्दा पोखराको आइ।एन। एफद्धारा संचालित कुष्ठरोग अस्पतालमा जचाउन गए । २०३५ सालमा  पोखरा चेक जाँच गर्दा रोग लागेको पुष्टिभयो ।

तर, अस्पतालबाट घर नफर्किदै परिवारले उनलाई टाढा गराइसकेको थियो । अस्पतालबाट घर फर्किदा आमालाई लिएर उनका भाई  तनहु जिल्लाको  अर्कै ठाउँमा बस्न गएको उनले भने । जन्म दिएकी आमाले नै नहेरेपछि वस्नेत घर छोडेर पोखरा लागे । अहिले उनीपनि आश्रममै छन् । कली सुनार कालीकोटबाट दाङ्ग आएर चेकजाँच गरेपछि कुष्ठरोग लागेको पत्ता लाग्यो । तर, त्यसपछि गाउँमा बस्न सक्ने वातावरण भएन । सवैको छि छि र हेला भइन् । “जंगल पठाउनुपर्छ, गाउँमा राख्यो भने अरुलाई पनि रोग सर्छ, मरेपछि उतै दाहसंस्कार गरौला,” कलिलाई यसै भनेर मानिसहरु होच्चाउँथे । अति भएपछि उनले घर छोडिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाल्पाकी खगीसराको त्यही पाल्पाकै गाल्डो गाउका दलबहादुर लम्का संग २२ वर्षको उमेरमा विबाह भयो । विवाहपछि उनको रोगबारे घरपट्टिकाले पनि पत्तोपाए । त्यसपछि परिवार र समाजको उनलाई हेर्ने दृष्टिकोणमै फरक भयो । उनलाई निकाला गर्न  गाउँले र परिवारका अरु सदस्यले श्रीमानलाई दवाव दिए । श्रीमती लिएर दुवै निस्किए । महिनौसम्म जंगलमा गिठा भ्याकुर खाएर निर्वाह गरेका उनीहरुको सम्वन्ध लामो समय टिक्न सकेन । श्रीमानले छोडेपछि उनी एक्ली भइन् । नवलपरासी हुँदै रुपन्देही आएकी उनको उपचारपछि कुष्ठरोग त निको भयो । तर, परिवारबाट टाढा भइन ।

कुष्ठरोग उपचारपछि निको हुने भएपनि एकपटक कुष्ठरोग लागिसकेपछि कहिल्यै निको हुन्न भन्ने अन्धविश्वास अझै पनि कायम छ । घर परिवारले घरमा लैजान नमानेका १५ जना व्यक्ति अहिले पनि  जितगढी स्थित् आश्रय स्थलमा साहारा लिइरहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १०९ जना कुष्ठरोगी भेटिएका छन् । गतवर्ष मात्रै ६६ जना नयाँ रोगी भेटिएका थिए । विभिन्न जिल्लाबाट बसाई सराई र खुल्ला सीमानाका कारण रुपन्देहीमा नयाँ रोगी भेटिएको जनस्वास्थ्य प्रशासक चुरामणी भण्डारी  बताउँछन् । १०९ जना कुष्टरोगी मध्ये ३३ जना महिला भएको जिल्ला जनस्वास्य कार्यालयका कुष्ठरोग तथा क्षयरोग निरिक्षक टिकाराम घिमिरेको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com