बिवाहित, लिभिंग टुगेदर जोडी या एकलकाँटे सबैले अपनाउनु पर्ने १२ शुत्र


प्रकाशित मिति : माघ १८, २०७३ मंगलबार

-प्रदीप परियार थापा मगर

१. टावेल, कलकत्ते काईंयो, ब्रस, कट्टु, मोजा, जुत्ता अलग अलग अलग प्रयोग गर्नुहोस् । (पर्सनल हाईजिनको लागि)

२. फेसबुक र अन्य सोसल मिडिया एकाउण्ट अलगअलग बनाउनुहोस् । किनकी तपाईको आआफ्नो व्यक्तित्व, अरूनै नातागोता, साथीसंगी हुन्छन् अनि तपाईसंग कनेक्ट गर्न चाहन्छन् न कि तपाईको सन्काहा र शंकालु पार्टनरसँग ।

३. हस्बेण्ड ब्लाउज नकिन्नुहोस् । (बुझ्नु भो ? पछाडीबाट अर्को व्यक्तिले टाँक लगाई दिनु पर्ने ब्लाउज ) आजकलको एकलकाँटे जिन्दगी र व्यस्ततामा हबी जान नभए कहाँ खेताला खोजी हिड्नुहुन्छ ?

४. खल्ति बिनाको कुर्ता सलवार नकिन्नुहोस् । पकेटमा कमसेकम मोबाईल त राख्न सकियोस् । क्लेभेज मा लुकाउँदा स्वास्थ्यमा असर पर्दछ ।

५. घरमा पाहुना बोलाउँदा आफूचैं गन्जी, नाईटगाउन या ट्रेयाकसुटमा नबस्नुहोस् । फर्मल वा क्याजुवल ड्रेसमा पाहुनालाई स्वागत गर्नुहोस् । बेसिक ईटिक्वीटी त पालन गर्नु परो नि । ओभर नाईट बस्ने पाहुनालाई फ्रेस टावल र छ भने नयाँ ब्रस दिएर ‘बि कम्फरटेबल र होम अवे होम’ को आभास दिलाउनुहोस् । कम्तिमा पिलो कभर र बेडसिट अनिवार्य फ्रेस बदली दिनुहोस् । घरमा २०÷३० जनाको पार्टी गर्दा कमसेकम प्लाष्टिक पेपर प्लेट र चम्चा काँटामा खाना खुवाएर काँईला दाईको झुर भोजमा भतेर खाएर आको याद नदिलाईदिनुस् ।

६. कसैकोमा पाहुना भई जाँदा खाली हात नजाऔं । तीन डलरकै जुस या केरा, स्याउसुन्तला सही कति हार्दिकता हुन्छ । सकिन्छ भने घरमा आएको पाहुनालाई जानेबेला सानोतिनो गिफ्ट दिएरै अन्माउनुस् । अतिथि देवो भव ः कर्टेसी हो नि लौ ।

७. पाहुना र बालबच्चाको अगाडि बुढाबुढी झगडा खेल्ने, ठुस्किने, एकअर्काको कुरा काट्ने नगर्नुहोस् । उनीहरू गईसके पछि मारमुंग्रि गर्नुस् न, तेस्का बाजे ।

८. जोईण्ट बैंक एकाउण्ट खोल्नुहोस् तर छुट्टाछुट्टै एकाउण्ट पनि अनिवार्य राख्नुहोस् । याद राख्नुहोस्, तपाई लोकेचार पोखेर संगै मर्ने भने पनि प्लेन क्रास या संगै सुसाईड गर्ने अवस्था बाहेक हरेक जोडीको व्यक्ति फरक दिन, महिना र वर्षमा मर्ने हो । हाम्रो बाबा ३० वर्ष अघि बित्नु भो, आमा ८४ वर्षकी हट्टाकट्ठा हुनुहुन्छ ।

९. हुन सक्छ भने लिभिंग विल (ईच्छापत्र) ४० वर्ष कट्ने बित्तिकै बनाउनुहोस् यदि तरक्की गरेर सम्पत्ती जोड्नु भा’छ भने र विलमा राखेको व्यक्तिसंग खटपट भो भने बदल्न पनि पाईने, काईदा । हरेक २÷४ वर्षमा अपडेट गर्दै जानुहोस् । तपाईको सिरिखुरी को कसले, कुन संस्थाले कुन कति प्रतिसत पाउने खुलाएको अतिउत्तम ।

१०. तपाईको वेवसाईट,डोमेन, सोसल मिडिया एकाउण्ट, ईमेल, पासवोर्ड प्रोटेक्टेड कम्प्यूटर, हार्डड्राईभ, ट्याबलेट, स्मार्टफोन आदी तपाईको लिभिंग लिगेसी र पु्रफ हो । यो पनि लिविंग विलमा तपाईको शेखÞ पछि कसले, कुन संस्थाले चलाउने तोक्नुहोस् ।

११. गाड़ी किन्नु भो भने सोसल मिडियामा विज्ञापन नगर्नुहोस् । अझ नेपालाँ भए पजेरो करोड नै क्यास तिर्नु पर्छ र पो शोअप गर्दा भो, ह्याँ, आमरिखामा त मिनिमम् डाउन पेमा लिजमा लिएको कारलाई आफ्नो यतिका वर्षसम्म कमा’को व्यक्तित्वसंगै पोष्ट नगर्नुहोस्। नेपालाँ भा’का जोरीपारीलाई सेखी झार्न गर्नु भा’को हो भने चैं एक पटकलाई आफैलेआफैलाई माफी दिनुस् ।

१२. आफन्त, साथीभाईको निधन भयो भने उनीहरूको बेष्ट टाईमको राम्रो फोटो खोजेर पोष्ट गर्नुहोस् न कि झण्डै भूत बनेर मर्न लाग्दाको तस्विर । कसैको मृत्यू पछि उसको गुणकारी व्यक्तित्वको चर्चा गरौं, सुन्दर अनुहार सम्झेर दंग र वाह परौं अनि गर्व गर्न सकौं र हामी पनि प्रेरणा लिउँ ।

(नोट : यो मेरो निजि भोगाई र अनुभव हो, कसैसँग मेलखान गए संयोग मात्र सम्झिनुहोला ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com