निर्माणाधीन काठमाडौँ–निजगढ द्रत मार्ग (फास्ट ट्र्याक) का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु चार करोड जम्मा भएको छ ।
\खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । अहिलेसम्म झण्डै ४० रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने अरू धेरै कित्ता जग्गा अधिकरणका क्रममा छ । उहाँका अनुसार सरकारले अरू व्यक्तिगत जग्गा जस्तै गुठीको जग्गालाई पनि सरकारी नियमानुसार मुआब्जा दिएको हो ।
उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा समितिले तोकेअनुसार नै गुठीमा मुआब्जा आएको हो ।” खोकनामा रातो मछिन्द्रनाथलगायत धेरै मन्दिर र गुठीका नामका जग्गा रहेको कार्यालयले जनाएको छ ।
कला र संस्कृतिले भरिएको उक्त स्थानलाई युनिस्को (संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम सांस्कृतिक सङ्गठन) ले विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने सम्भावना भएका ठाउँको सूचीमा राखेको थियो । सरकारले दुई वर्षपहिले सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
झण्डै ७६ किलोमिटर दूरीको उक्त आयोजनामा खोकना, बुङ्गमती लगायतका स्थानमा जग्गा विवाद रहेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।