यी आमा भन्छिन् “आगोको रापमा मकै पोल्दा पोल्दै करोडपति भएँ”


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

बाटोमा मकै पोलेर बेच्ने पनि करोड हुन्छन् र ? भन्ने जिज्ञासा आम मानिसमा पर्न सक्छ । तर बाटोमा करिब २२ बर्ष देखि मकै पोल्दै बेचेर करोडपति बनेकी छिन् , कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा ५३ बर्षिय अम्बिका न्यौपाने ।

अम्बिकाको पुरानो घर दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ रामकोटमा हो । उनि आफुले गरेको पेसा अर्थात ब्यवसाय बारे भन्छिन्, मैले बाटोमा मकै पोलेर बेच्न थालेको २२ बर्ष भन्दा बढि भयो, मेरो काठमान्डौं काँडाघारी हरहरमहादेब नजिकै घर छ । अम्बिकाको घरमा दुई छोरा र एक छोरी छन् ।

उनि आफु बिगत नसम्झने बताउँदै श्रीमान्ले छोडेको २६ बर्ष भएको बताउँछिन् ।

अम्बिकाको श्रीमान्ले २५ बर्षको उमेरमा छोडेर कान्छि श्रीमति ल्याएर अन्यत्र बसेको उनको भनाइ छ । श्रीमान्ले कान्छि श्रीमति लिएर आफुलाई छोडेपछि आफुले निकै कष्टपुर्ण जिबनयापन निर्बाह गरेको बताउँछिन् ।

अम्बिका आफ्ना छोराछोरी पाल्न निकै संघर्ष गरेको सुनाउँदै भन्छिन्, आगोको रापमा मकै पोल्दा पोल्दै करोडपति भएँ, करोडको त मेरो जग्गा मात्रै छ, घर त छुट्टै । निकै खुसी देखिने उनि आफ्नो कहाँनी सुनाउँदा सुनाउँदै गहभरि आँसु पार्छिन ।

अम्बिकाले साधारण लेखपढ समेत गरेकि छैनन । उनि भन्छिन्, घडि सम्म हेर्न आउँदैन, सुरु सुरुमा पैसासम्म चिन्दिन थिएँ सबैले हेप्थे आफ्नो दुख सुनाउँदै उनले थपिन् लोग्नेले छोडेपछि सबैले राम्रो भन्दा रहिनछन्, ।

अम्बिकाले पढाईलेखा नहुदा आफुले आगो ,मकै र बदम मात्रै चिन्ने गरेको सुनाउँछिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com