अमेरिकामा घर किन्न चाहनेहरुका लागि ज्याक्सनहाइटमा मेला शनिबार


प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

अमेरिकामा घर किन्न चाहनेहरुका लागि आवश्यक जानकारी र श्रोतहरु उपलब्ध गराउने उद्देश्यले अप्रिल ६ शनिबार न्युयोर्कको ज्याक्सनहाइटमा मेला राखिएको छ । गैर नाफामुलक संस्था छाया कम्युनिटी डेभलपमेन्ट कर्पोरेशनले १० औं बार्षिक घरक्रेता मेलाको आयोजना गरेको हो ।

दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म ज्याक्सन हाइटको ३७ औं एभिन्युको ७७०२ मा रहेको पीएस ६९ विद्यालयमा हुने घर किन्दाको प्रकृया लगायतका कैयन विषयमा जानकारी प्रदान गरिनेछ । घर किन्नका लागि ऋण प्रदायक र फाइनान्सका विकल्पहरु, एकमुष्ठ भुक्तानीका लागि सहयोग लगायतका कैयन विषयमा मेलामार्फत जानकारी लिन सकिने जनाइएको छ ।

मेलामा सहभागी हुनका लागि कुनै शुल्क तिर्नु नपर्ने जनाइएको छ । साथै निशुल्क रिफ्रेसमेन्टको समेत व्यवस्था गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com