दलित, आदिवासी जनजाति र सिमान्तकृत महिला र बालबालिकाको सशक्तिकरणबारे न्युयोर्कमा मन्थन
प्रकाशित मिति : चैत्र २, २०७५ शनिबार

न्युयोर्कमा एनजीओ सीएसडब्ल्यूको नेपाली संगोष्ठी सम्पन्न भएकोछ। एडवान नेपालको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), वन वुमन र अप्ने आप संस्थाको सहआयोजनामा डाकिएको संगोष्ठी राष्ट्रसंघको सतत विकाश लक्ष्य प्राप्तीका लागि पिछडिएका महिला, आदिवासी र दलितको सशक्तिकरण विषयमा प्यानेलिष्टहरूले नेपालमा दलित महिला, बालबालिका, आदिवासी जनजाति र सिमान्तकृत महिलाहरूको सशक्तिकरण कसरी गर्ने विषयमा आ-आफ्नो बिचार प्रस्तुत गरेका थिए।
एडवानकी संस्थापक अध्यक्ष तथा जर्सी सिटी मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारले संगोष्ठीको अध्यक्षता गरेकी थिईन् भने नेपालको संसदको ‘राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीको सभापति निरा देवि जैरुले किनोट स्पिकरको रूपमा सम्बोधन गरेकी थिईन्।
अन्य प्यानेलिष्टहरूमा फिप्ना महासंघकी उपाध्यक्ष निमा लामा, अप्ने आपकी संस्थापक न्युयोर्क युनिभर्सिटीकी प्रोफेसर सुचिरा गुप्ता, सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष ईन्दिरा रानामगर, योंग ग्लोबल लिडरशीप फ़ाउण्डेशनकी संस्थापक डा. लिन्डा जे स्टिलम्यान, संचारकर्मी त्रिशा मुखोपाध्याय र फ्रेण्डस अफ एडवानकी सब्रिना डियाज थिईन्। संगोष्ठीको सहजकर्ता फ्रेण्डस अफ एडवानकी एला म्रित कोलिन्स थिईन्।