अमेरिकामा वुमन फर कज अध्यक्षमा वसन्ता खड्का


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

कारणका लागि महिला अर्थात् वुमन फर कज (डब्ल्यूएफसी) को अध्यक्षमा वसन्ता खड्का चयन हुनुभएको छ । सामाजिक संस्था फेडो रुपन्देहीकी पूर्व सचिव समेत रहनुभएकी खड्का डब्ल्यूएफसीमा चौथो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो ।

डब्ल्यूएफसीकी संस्थापक अध्यक्ष जर्सी सिटी मेयरकी सल्लाहकार डा. बिष्णुमाया परियार हुनुहुन्छ भने दोश्रो अध्यक्ष रेणु शर्मा र तेश्रो अध्यक्ष गीता पोख्रेल हुनुहुन्छ । अमेरिकको जर्सी सिटी शहरमा सन् २०१५ मा स्थापना भएको डब्ल्यूएफसीमा जर्सी सिटी बाहिरका शहरहरुका महिलाहरुलाई समेटेर बिस्तार गरिएको छ ।

कारणका लागि महिला अर्थात् वुमन फरक कज घरेलु हिंशा र महिलाहरुले सामना गर्नुपर्ने समस्या सम्बोधनका लागि स्थापित गैरनाफामुलक संस्था हो । घरेलु हिंशाविहिन शान्तिपूर्ण समाज स्थापनाको दीर्घकालिन लक्ष्यसहित यो संस्था संचालित रहेको छ ।

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन अपडेट भिडियोमा हेर्न खसोखासको युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com