सुत्केरी आमाले आत्महत्या गरेपछि तिम्ल्याहा शिशुको विचल्ली


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

सुत्केरी भएको २ महिना नपुग्दै आमाले आत्महत्या गरेपछि रुकुममा तिम्ल्याह शिशुको बिचल्ली भएको छ । जिल्लाको आठविसकोट नगरपालीका ९ राडिपाखाकी ३० वर्षीया कृष्णा शाहीले आत्महत्या गरेपछि उनका २ छोरा र १ छोरीको विचल्ली भएको हो ।

उनले श्रावण ८ गते आइतबार कृष्णाले आत्महत्या गरेकी हुन् । अहिलेसम्म तिम्ल्याहा शिशुको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अहिले आफन्तले स्याहार सुसार गरिरहेका छन् । मुछ्दै गरेको मिठो छाडेर कृष्णाले ठुली भेरी नदिमा हाम फालिन । श्रावण ८ गते आईतबार श्रीमान कर्णवहादुर शाही काममा गएका थिए । घरमा तिम्ल्याह शिशु सहित कृष्णा मात्र थिईन । बिहानको खाना बनाई रहेकी कृष्णाको लागि त्यो दिन जिन्दगीको अन्तिम दिन बन्यो । बिहानको खाना अन्तरगत रोटी बनाउनका लागि मुछ्दै गरेको पिठो छाडेर उनले वडा नम्बर ९ कै ढिगराढी भन्ने ठाउँबाट ठुलीभेरी नदिमा हाम फालिन ।

भर्खर जन्मिएका रहरलाग्दा छोरा छोरीलाई चटक्कै छाडेर जाने कठोर निर्णय गरेपनि उनलाई काल भने सजिलै आएन । १ सय मिटरको उचाईबाट हाम फालेकी कृष्णा भेरी नदी किनारामा परिन । नदीमै पर्ने गरी हाम फालेकी कृष्णालाई दुरीको अन्दाज नहुँदा उनि किनारामा परेको बुझिन्छ । नदी किनारामा परेपछि उनि गम्भिर घाईते भईन । उनले करिब बिहानको ११ बजेको समयमा आत्महत्याको उद्ेश्य सहित हाम फालेको प्रत्यक्षदर्शीको भनाई छ । गम्भिर घाईते कृष्णालाई घट्ट गएका स्थानीयले तुरुन्तै राडिबजारमा रहेको एक मेडिकलमा लिए ।

उनको उपचार सम्भव भएन र सोही दिन राती ११ बजेको समयमा मृत्यु भएको स्थानीय मानवहादुर बटालाले जानकारी दिए । उनको मंगलबार दाहसंस्कार समेत गरिएको छ । गरिवीले लियो ज्यानकृष्णाको आत्महत्याको कारण एकिन नभएपनि गरिवीका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ । आर्थिक अभावका कारण उनको परिवारमा सधैँ किचलो भइरहने गरेको उनका छिमेकिहरुको भनाई छ । आर्थिक रुपमा निम्न वर्गका उनीहरुको सानो झुपडी बाहेक अन्य सम्पति नभएको स्थानीय तिलक बटालाले बताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यसअघि उनीहरु पैसा कमाउन भारत गएका थिए । भारतबाट घर फर्किएपछि आर्थिक जोहोका लागि राडी बजारमा सानो चिया पसल संचालन गर्दै आएका थिए । चिया पसलबाट परिवारका सदस्यलाई पाल्न समस्या हुन थालेपछि उनिहरुको परिवारमा तनाव हुने गरेको थियो ।

कृष्णा र कर्णले करिब ४ वर्ष अघि विवाह गरेका थिए । उनिहरु दुवैको यो दोस्रो विवाह हो । दुवैले पहिलो श्रीमान, श्रीमती छुट्टिसकेपछि विवाह गरेका हुन् । श्रीमान कर्णवहादुरको पहिलो श्रीमतिबाट १ छोरी र श्रीमती कृष्णाको पहिलो श्रीमानबाट २ छोरी रहेका छन् ।

केही दिन अगाडि पहिलाको श्रीमानबाट जन्मिएका २ छोरीहरु आमाकोमा आएपछि उनीहरुको परिवारमा किचलो सुरु भएको थियो । पहिले नै समस्या भैरहेको र अव परिवारमा थप २ जना सदस्य थपिएपछि कसरी पाल्ने भन्ने कुराले श्रीमान श्रीमती बीचमा तनाव बढेको बताईन्छ । सोही तनाबलाई झेल्न नसकेर २ महिने सुत्केरी कृष्णाले आत्महत्या गरेको अनुमान छ ।

तिम्ल्याह शिशुको अवस्था सामान्य अहिले तिम्ल्याहा शिशु स्वस्थ छन् । गत जेठ १२ गते जन्मिएका उनीहरु बिहिबार १२ गते २ महिनाका पुग्दैछन् । उनीहरुको अहिले आफन्तले स्याहार सुसार गरिरहेका छन् । बच्चाहरुलाई भैंसी तथा पाउडरको दुध खुवाउने गरिएको छ । दुःखमा अहिले आफन्तहरु जम्मा भएर उनिहरुको स्याहार गरिरहेपनि पछिसम्म उनीहरुको स्याहार गर्न समस्या हुने देखिएको छ । आमा नभएको तथा आर्थीक अभावका कारण उनीहरुको स्याहारमा समस्या हुने देखिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com