Follow @khasokhasmag

‘नसोध मेरो खबर’


प्रकाशित मिति : पुस १०, २०७३ आईतबार

विगत एक दशक देखि चलचित्र क्षेत्रमा सहायक निर्देशकको रुपमा  काम गर्दै आएका उत्तम अधिकारीले पछिल्लो समय ‘नसोध मेरो खबर’ नामक आधुनिक गीतको निर्देशन गरेका छन्  एक कुशल र यस क्षेत्रकै परिचित अधिकारी आफ्नो कामलाई सर्बश्रेष्ठ ठान्ने गर्दछन्।

उक्त म्युजिक भिडियोमा काम गर्ने मोडल तथा कलाकारहरुले उनीसँग काम गर्न पाउदा हर्षित तथा खुसी लागेको र आउदो दिनमा पनि काम गर्ने अपेक्षा राखेको बताएका छन्।

अधिकारीले निर्देशन गरेको गीतमा मधुर रिपु को शब्द रहेको छ भने पुनम जी मगरले स्वर दिएका छन् । उक्त गीतलाई विपिन आचार्यले एरेन्ज गरेका छन् भने अविन न्यौपानेको संगीत र लय रहेको छ।

प्रियसी म्युजिक कम्पनीले  प्रस्तुत गरेको उक्त भिडियोमा मुकेश हुमागाईंको  छायांकन रहेको छ। उक्त भिडियो मा  मोडेल को  रुपमा  कृष्ण प्रसाद पहाडी, शैलेन्द्र बुढाथोकी र सन्चिता ठकुरीले अभिनय गरेका छन्।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com