प्रभु येशुलाई अब मन्दिर भित्र लानु पर्छ !


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

– रामप्रसाद खनाल

रातो फुर्के टोपी लगाउ
शान्ता क्लोथ लगाउ
प्रभु येशु लाई जगाउ
येशु कै भजन गाउ
घर घरमा चर्च बनाउ
क्रिस्मस मनाउ
मेरी क्रिस्मस भन्दै
शुभकामना बाँड
घर भित्र क्रिस्मस ट्री सजाउ
येशुको पूजा गर
येशुका तस्वीरहरु भर
त्यो हो अबको सँस्कार !
कस्ले मान्छ पुरानो सँस्कार ??

कस्ले मान्छ तीज,
कस्ले मान्छ दशैं, तिहार
कस्ले मान्छ माघे सक्रान्ती र चैते दशैं
गर्दै नगर शिवरात्री र महादेबका कुरा
श्रीमद भागवत र गीताका कुरा
किन गर्ने अझै पूजा
किन गर्ने धर्म कर्म
बरु टन्न धोक
धर्म निरप्रेक्षताको नारा बोक
गाई गोरु काटेर
भोज आयोजना भएकै छन
तिमीले पछ्याउने तिम्रा नेता
त्यही भोजमा गएकै छन !

तिमी पनि पछि लाग
गोरुको सुकुटी माग
गाइको भुटुवा माग
टन्न धोक
प्रभु येशुको नारा बोक
किन जाने मन्दिर
चर्चमा जाउ
येशुको भजन गाउ
मेरी क्रिस्मस भन्दै
क्रिस्मस मनाउ !

जमाना फेरिएको छ
पिपलको फेँदमा पानी चढाउने होइन अब
प्लास्टिकका क्रिस्मस ट्री सजाउ
महङ्गा व्हिस्की, बियर र वाइन चढाउ
छोराछोरीलाइ बाइबल पढाउ
गरीब बस्तीहरुमा जाउ
बिबेक नभएकाहरुकोमा जाउ
धर्म परिवर्तन गराउ
स्कुल कलेजहरु हो
विद्यार्थीलाई शान्ता क्लोथ बाँड
रातै रातै पार
अनि सेल्फी मार
फेसबुक ट्विटर सब भर
उत्सब मनाउ
सबै विद्यार्थी येशुका प्रिय बनाउ
के काम अब हिन्दू धर्मको !

बरु
कुन्नी के के तन्त्र मन्त्र ल्याएकै छौं क्यारे
अब पोप लाई उतार्नुपर्छ
मन्दिर होइन जाने, चर्च जानुपर्छ
नेताजीहरु सँगै गाई गोरु खानु पर्छ
प्रभु येशु लाई अब मन्दिर भित्र लानु पर्छ !

डिसेम्बर २५, २०१८, अमेरिका ( क्रिस्मसको दिन )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com