नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव डिसीमा


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

नेपाल—अमेरिका फिल्म सोसाइटीले आगामी मे ५ देखि ७ सम्म नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको छ । वार्षिक रुपमा आयोजना गरिने पहिलो चलचित्र महोत्सव ३ दिन सम्म चल्ने छ ।

अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चलचित्र महोत्सवसमा मुलत नेपालका फिचर फिल्म , वृत्तचित्र , छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपालबाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवमा समावेश गरिनेछ । नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जनाएका छन् ।

महोत्सवलाई सफल बनाउन सबैलाई आयोजकले अनुरोध गरेका छन् । नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरीका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन अनुरोध गरिएको छ ।

नेपाल—अमेरिका फिल्म सोसाइटी अमेरिकी कानुनअनुसार दर्ता भई क्रियाशील गैरनाफामुलक संस्था हो । यस संस्थाले नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्य लिएको जनाइएको छ । फिल्म सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन सुरु गरेको जानकारी समेत गराइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com