गोरेका भाइसहित बेनु श्रेष्ठ दुबइमा पक्राउ


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

३८ क्वीन्टल सुन तस्करीकाण्डका दुई अभियुक्त दुबईमा पक्राउ परेका छन् । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्तमध्ये एक बेनु श्रेष्ठ दुबईमा पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार नेपाल ल्याएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को मदतमा श्रेष्ठलाई नेपाल ल्याइएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइँदै छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न थिए ।

सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती पनि दुबइमा पक्राउ परेका छन् र नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सुन तस्करी प्रकरणमा फरार व्यवसायी ठाकुर ढुंगानाले मोरङ जिल्ला अदालतले आत्मसमर्पण गरेपछि १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com