दशैँ मनाउने क्रममा आइतबार साँझसम्म २३ लाखले काठमाडौं छाडे


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

दशैँ मनाउने क्रममा आइतबार साँझसम्म २३ लाखले काठमाडौं छाडेका छन् । उनीहरु दशैँ मनाउन घर गएका छन् । यद्यपि काठमाडौंमा आइतबार साँझसम्म भीड घटेको छैन । गौरखापत्र दैनिकमा समाचार छ ।

राजधानी उपत्यकामा छिमेकी जिल्ला तथा हवाई सुविधा भएका स्थानका मानिस हवाई सेवा प्रयोग गरेर पनि घर फर्कन अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाको छ । असोज ३० गतेसम्ममा ४० लाख मानिसले काठमाडौं उपत्यका छाड्ने अनुमान छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने ६ नाकामध्ये सबैभन्दा बढी नागढुंगा, जगाते, सांगा नाकाबाट मानिस घर गएका छन् । फर्पिङ, मुड्खु र टोखा हुँदै जाने पनि छन् । घर जाने मौका पारेर चर्को भाडा असुलिएको यात्रुको गुनासो छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com