निशान भट्टराईको दोस्रो गीत :एलिशा राईसँग कम्मर मर्काउँदै निशान (भिडियो)
प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार
नेपाल आइडलको पहिलो सिजनका फस्र्ट रनरअप निशान भट्टराईको दोस्रो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मसिंर महिनामा’ बोलको म्युजिक भिडियो शुक्रबार रिलिज भएको हो ।
निशान भट्टराईको आवाज रहेको यस गीतको भिडियोमा स्वयं गायक भट्टराई तथा मोडल एलिशा राईलाई देख्न सकिन्छ । निशान र एलिशाको दमदार डान्स रहेको यस भिडियोलाई टेकेन्द्र शाहीले सम्पादन एवं निर्देशन गरेका छन् भने मनोज बस्नेतले प्रोड्युस गरेका छन् ।
यसैगरी आरबी लामाको शव्द तथा संगीत रहको उक्त गीतको भिडियोमा कोरियोग्राफी गर्ने काम राज महर्जनले गरेका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






