दशैँमा छोरो आयो काठको बाकसमा, विमानस्थलमा बाबा आमाको यस्तो हालत ( हेर्नुहोस् भिडियो )


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

झापा सेरुङ्गाका ३४ वर्षका झलक श्रेष्ठको परिवारलाई अहिले ठुलो बज्रपात परेको छ । जिविकोपार्जनका लागि साउदी पुगेका झलक काठको बाकसमा फर्किएपछि उनको परिवारमा बज्रपात परेको हो । यसपालीको दशैँ परिवारसँगै मनाउने योजनामा रहेका झलक काठको बाकसमा नेपाल फर्किएका छन् । झलकको शव बुझ्न झापाबाट उनको बुबा जितबहादुर श्रेष्ठ काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । झलकले ८ असोजमा घरमा फोन गरेर दशैँमा घर आउने बताएको भएपनि बाबु जितबहादुरका अनुसार उनी तत्काल घर आउने निर्णय रद्द गरेर मंसीरमा आउने योजना बनाएका थिए ।

तर दशैँकै दिन उनले आफ्नो छोराको शव बुझेका छन् । बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहेका थिए । तर जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए । छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेका थिएनन् । वैदेशिक रोजगार विभागका अनुसार दैनिक ३ जना नेपाली विदेशबाट काठको बाकसमा आउने गरेका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या झण्डै ७ हजार छ । अवैधानिक रुपमा विदेश गएर ज्यान गुमाएकाहरुको संख्याको त अझ गन्ती नै छैन । दशैँमा छोरो आयो काठको बाकसमा, विमानस्थलमा बाबा आमाको यस्तो हालत हेर्नुहोस् भिडियो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com