कार्यदक्षता मुल्याङ्कनमा कैलाली प्रहरी प्रमुख घिमिरे तेश्रो


प्रकाशित मिति : आश्विन २६, २०७५ शुक्रबार

कार्यदक्षता मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरे देशभरीमा तेश्रो भएका छन्। उनलाई ६३ औं प्रहरी दिवस २०७५ का अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी ब्याटन तृतय प्रदान गरिएको हो।

अन्तर जिल्ला प्रहरी कार्यालय कार्य दक्षता मुल्याङ्कन तर्फ घिमिरेले तेश्रो स्थान हात पारेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी उपरीक्षक विष्णुकुमार केसी प्रथम र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगर दोश्रो भएका थिए।

६३ औं प्रहरी दिवस २०७५ का अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुगाउने विभिन्न व्यक्ति, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्ने प्रहरी अधिकृतहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com