नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय आएका युवा कलाकार मध्ये नाजिर हुसेन लोकप्रियता संगसंगै आफ्नो काममा प्रशंसा कमाएका कलाकार हुन् । रंगमंचबाट कलाकारिता क्षेत्रमा आएका उनी अहिले चलचित्रमा अभिनय गरेर विभिन्न अवार्डबाट सम्मानित भएका छन् ।
नाजिर हुसेनलाई हरेक व्यक्तिको केही न केही कथा हुन्छ भन्ने लाग्छ । उनको पनि त्यस्तै कथा छ, जसलाई अहिलेको सफलताले छोपिदिएको छ । नाजिरकी आमाले दुख गरेर छोरा छोरी हुर्काइन् , सबै आत्मनिर्भर बने । तर, कान्छो छोरा नाजिरले भने अरुको जस्तो जागिर नगरी कला यात्रामा लाग्न चाहेको बताए । परिवारका सबै व्यक्तिले जागिर गर्थे र उनलाई पनि जागिर गर्ने दबाब दिन्थे । काठमाडौं आइसकेपछि नाजिरले एउटा स्कुलमा पढाउन थालेका थिए । दाइले पढेर प्रतिष्टित जागिर खान दबाब दिइरहन्थे ।
सानै उमेर देखि नाच्न सिपालु नाजिरले काठमाडौं आएर नाच्न सिक्न थालेपछि उनमा कलाकार नै बन्ने अठोट जाग्यो । त्यसपछि उनले आफू कलाकर बनेर देखाउने बताउंदै दाइसंग बस्दै आएको कोठा छोडेर हिंडे । त्यतिबेला कहीं जाने ठाउँ नपाएपछि आफूले वसन्तपुरको मन्दिरमा तीन रात काटेको नाजिर बताउँछन् ।
https://youtu.be/pprLobRxcKk
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।