अमिताभ बच्चनले गरे नेपाली ‘को बन्छ करोडपति’ घोषणा, हेर्नुहोस् नेपालीमा के–के भने ?


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

चर्चित फ्रेन्चाइन शो ‘हु वान्ट्स टु बी अ मिलियनेयर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’को बलिउड महानायक अमिताभ बच्चनले घोषणा गरेका छन् । एपी वन एचडी टेलिभिजनमा आउने यो शोको अमिताभ बच्चनको प्रोमो जारी भएको हो । प्रोमोमा बच्चनले यो शो नेपालमा सुरु हुन लागेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् । यो चर्चित फ्रेन्चाइज शोको भारतीय संस्करण ‘कौन बनेगा करोडपति’ अमिताभ बच्चनले नै संचालन गर्ने गर्छन् ।

अमिताभ बच्चनको प्रोमो टेलिभिजनले आफ्नो फेसबुक पेजमार्फत जारी गरेको हो । यो शो आगामी नोभेम्बरबाट सुरु हुने बताइएको छ । नेपाली शो नेपालका महानायक राजेश हमालले संचालन गर्नेछन् । यो कार्यक्रमको स्पोन्सरका रुपमा कोकाकोला, सिभिल बैंक, हिरो, इन्डिका हेयर कलर, बाल्ट्रा होम एप्लाइन्स, स्विट द्याट फिड्स, एजुकेसन पार्क, इन्चान्टेयर रहेका छन् ।

KO BANCHHA CROREPATI

KO BANCHHA CROREPATI… STARTING THIS NOVEMBERSTAY TUNED!!!ONLY ON AP1HD

Posted by AP1TV on Thursday, October 4, 2018

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com