अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शैक्षिक प्रमाणपत्र छानबिन
प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय ४९ कर्मचारीमाथि छानबिन गरिरहेको छ ।
आयोगका अनुसार निजनाती,प्रहरी,संस्थान,शिक्षण संस्था तथा स्थानीय तहमा धेरै कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । गत साउन र भदौमा मात्र आयोगले त्यस्ता कर्मचारी विरुद्ध मुद्धा दायर गरेको छ ।
थप कर्मचारीमामथि मुद्दा दायर गर्ने तयारी रहेको छ । अघिल्लो आर्थिक वर्षमा ५८ कर्मचारी बिरुद्ध आयोगले मुद्धा दायर गरेको थियो । उजुरी परेका आधारमा आयोगले थप कर्मचारी माथि अनुसन्धान गरिरहेको छ । जसमध्य केहि व्यक्तिको प्रमाणपत्र नक्कली भनेर सम्बन्धित शैक्षिक संस्थाबाटै जानकारी आएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






