कहिले खुल्छ दशैंका लागि अग्रिम बुकिङ टिकट ?
प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

दशैंका लागि अग्रिम बुकिङ टिकट खुलाउने विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । छलफलमा यातायात व्यवसायीले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता भएमात्रै अग्रिम बुकिङ टिकट खुलाउने अडान लिएका कारण वार्ता टुंगोमा नपुगेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याले बताउनुभयो ।
व्यवसायीको अडानपछि वार्ता पुनः मंगलबार बस्ने गरी टुंगिएको छ । विभागले जुनसुकै बेला बोलाउने वार्तामा आफूहरु जाने व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।