बागबजारको पेट्रोल पम नजिकै विजुलीको पोलमा तार सर्ट
प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

आज बिहान काठमाडौको बागजारमा काठमाडौ नै सखाप हुने ठूलो दुर्घटना टरेको छ । बागबजारको पेट्रोल पम नजिकै विजुलीको पोलमा तार सर्ट भएर आगो लाग्यो । उक्त आगो पेट्रोल पम नजिकै थियो । पेट्रोल पममा आगो सल्किने हो की त्रास थियो । तर अग्नी नियन्त्रक आइपुगिहाले ।
दमकलको सहयोगबाट अग्नी नियन्त्रकले आगो नियन्त्रणमा लिए । विद्युत् पोलमा विद्युत सर्ट हुँदा भएको आगलागीले अग्र रुप लिन पाएन । बिहान करिब १० बजेतिर लागेको आगो जुद्ध वारुण यन्त्रको दमकलले निभाएको थियो। त्यो आगो यद पेट्रोल पम्पमा पसेको थियो भने काठमाडौले ठूलो दुर्घटना भोग्नुपर्ने हुन्थ्यो ।
यसरी भगवान भरोसामा टर्दै आएका दुर्घटना देख्दापनि महानगरपालिकाले तार व्यवस्थापनका लागि समन्वय नगर्दा काठमाडौ मानव पासो बनेको प्रत्यक्षदर्शीको गुनासो थियो । आगो नियन्त्रण हुँदै गर्दा आसपासमा भएकाहरु आत्तिदै सरकारलाई धिक्कारी रहेका थिए । कुनदिन यी तारहरुले नै हज्जारौ मानिसको ज्यान लिने हो कुनै टुंगो छैन भन्दै अलापिरहेका थिए ।