बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । भाद्र ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा सहभागी हुन गोविन्दा नेपाल आउन लागेका हुन् ।
सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले दिएको जनकारी अनुसार गोबिन्दा ३० गते शनिबार नेपाल आउनेछन् । गोविन्दासँगै उनको छोरा यश पनि नेपाल आउनेछन् । गोविन्दा नेपाल आउनु भन्दा एक दिन अगावै उनकी धर्मपत्नि सुनिता र छोरी टिना नेपाल आउने तय भएको छ । गोविन्दाको नेपाल बसाई ३ दिनका हुनेछ । गोबिन्दाको ससुराल नेपालमै हो । उनको श्रीमती सुनिताको माइती ललितपुरको गोदावारीमा रहेको छ ।
पहिलो संस्करणमा बलिउड अभिनेता सत्रुघन सिन्हा र दोस्रो संस्करणमा माला सिन्हा र सिपी लोहनी अवार्डमा सहभागी थिए । गोविन्दा नेपाल आएको मौकामा पशुपतीनाथको पनि दर्शन गर्नेछन् ।
यसैबिच एलजी सिनेमा सर्कल अवार्ड २०७५ का लागि २३ बिधामा उत्कृष्टहरुको मनोनयन समेत सार्वजनिक गरिएको छ । २०७४ बैशाख १ गते देख चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु मध्येबाट अवार्डमा सहभागी ६३ का आधारमा उतकृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।