८ सय नेपाली युवाहरुको सामुहिक चिहान भेटियो ! यस्तो छ रहस्य


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

इटली सरकारले विश्व युद्धमा वीरगती प्राप्त गर्ने वीर नेपालीको सामुहिक चिहान बनाएको भेटिएको छ । लोक गायक मिलन लामा इटलीको सान मारिनो राज्यमा रहेको चिहानमा पुगेका छन् ।

सांगितिक कार्यक्रमको युरोप भ्रमणको क्रममा लामा त्यहाँ पुगेको बताएका छन् । उनले चिहानमाथि उभिँदा आफू निकै भावुक भएको बताउँदै गुजराकै लागि नेपालीले अरुको देशको लागि लड्नु पर्ने स्थिति कहिलेसम्म ? प्रश्न गरे । उनका अनुसार सान मारिनो सानो गणराज्य हो ।

लामाका साथी शम्भुले त्यहाँ पुर्याएका थिए । लामाले चिहानमाथि उभिएर त्यहाँको वर्णन गरे । एकान्त ठाउँमा बनाइएको सामुहिक चिहानलाई फुल बगैंचाजस्तै बनाएको छ । प्रत्येक चिहानमा सिलालेखजस्तै स्तम्भ पनि राखिएको छ । त्यहाँ उनको नाम, उमेर र लडाइँ फौजको नामसहितका विवरण उल्लेख गरिएको लामाले भिडियो बनाएका छन् ।इटलीको रक्षाको लागि हिटलरको सेनासँग नेपाली लडेकोले सम्मान गरिएको हो । इटलीको रक्षाको लागि धेरै नेपालीले ज्यान गुमाएका थिए ।

सन् १९३९ देखि ०४५ सम्म चलेको दोस्रो विश्व युद्धमा ब्रिटिस सरकारलाई सघाउने क्रममा नेपालीहरुले वीरगती प्राप्त गरेका थिए । लगभग ७० देश प्रत्यक्ष सहभागी भएको उक्त युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गएको थियो । मानव इतिहासको सबभन्दा घातक युद्ध थियो । दोस्रो विश्वयुद्धमा नेपाल प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा आफ्ना सेनाहरू पठाई बेलायतको पक्षबाट युद्धमा सामेल थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

तात्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले बहादुर शमशेरलगायतको नेतृत्त्वमा २ लाख ५० हजार नेपाली फौज पठाएका थिए । नेपालीहरू वीरताका साथ युद्ध मोर्चामा लडे । लडाइँको क्रममा नेपालीहरुले साइप्रस, ग्रिस, सिरिया, लेबनान, प्यालेस्टाइन, इराक, सिङ्गापुर, मलाया तथा बर्मामा लडेका थिए । दोस्रो विश्वयुद्धमा ७ हजार ५ सय ४४ नेपाली युवाहरूले ज्यान गुएको थिए भने २३ हजार ६ सय ५५ जना घाइते भए । युद्धमा सघाएको भन्दै बिलायत सरकारले ३ करोड ३३ लाख एकमुष्ट आर्थिक दान दिएको थियो । यसका अलवा धेरै नेपाली वीरहरूले बेलायतले पदक पनि दियो ।

विश्वयुद्धमा नेपाल सहभागी भएको थिएन । दुई लाख नेपाली युवाहरु युद्धमा पठाउन आवश्यक नै थिएन । तर, राणाहरुले ब्रिटिस शासकहरुलाई खुशी बनाउन ठूलो संख्यामा नेपाली युवालाई बेकारको युद्धमा पठाए । नेपालीको विदेशी स्वार्थको लागि बगेको रगतबाट राणाहरुले पैसा र धन्यवाद पाए ।स्टालिन नेतृत्वको सोभियत संघको लाल सेनाले हिटलरलाई पराजित गरेसँगै विश्वयुद्ध सकिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com