काठमाडौंमा आजबाट वाईफाई फ्री
प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

राजधानीका केही स्थानमा आइतबारबाट वाइफाई फ्री गरिएको छ । काठमाडौं महानगरपालिकाले हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ धार्मिक तथा पर्यटकीयस्थलमा वाईफाई सेवा फ्री गरेको हो ।
ती ठाउँमा जो कोहीको मोबाइलमा वाईफाई स्वत् कनेक्ट हुनेछ । वल्र्ड लिंकको साझेदारीमा वाईफाई फ्री गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधि सम्बन्धी अन्य कामलाई पनि तिव्रता दिने महानगरले प्रतिबद्धता जनाएको छ । धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने महानगरको योजना छ ।