भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा,त्रिभुवन विमानस्थलबाट होटल सोल्टिसम्म गाडी प्रवेशमा रोक
प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार
काठमाडौं – बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुग्नु भएको छ । उहाँ बिहीबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओचा पनि केहीबेरमा काठमाडौं आइपुग्दै हुनुहुन्छ ।
विशिष्ट पाहुना आउने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अरु उडान र अवतरण बन्द गरिएको छ । बिहान सवा ८ देखि साढे १० बजेसम्म उडान र अवतरण प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।
बिमस्टेक सम्मेलनमा आएका पाहुनाको सवारीका कारण काठमाडौं उपत्यकाको यातायात आज पनि प्रभावित भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट होटल सोल्टिसम्म गाडी प्रवेशमा रोक लगाइएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






