‘साईकलमा घर लगिदिन्छु’ भन्दै बाँकेमा ६ बर्षिया बालिकामाथि बलात्कार


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

बाँकेको कोहलपुर नगरपालिका–४ मदन चोकमा ६ बर्षिया अबोध बालिका बलात्कारको शिकार भएकी छिन् । मंगलबार मध्यान्ह आफ्नो आमासँग किराना पसलमा बसिरहेकी बालिकालाई स्थानीय हरुन खानले ‘साईकलमा घर लगिदिन्छु’ भन्दै आफनै घरमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय कोलहपुरले २० बर्षिय हरुन खानलाई नियन्त्रणमा लिएको छ । बलात्कृत बालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ‘अभियुक्तलाई हामीले नियन्त्रणमा लिएका छौं’ डिएसपी सिंहले भने, ‘घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।’

खानले बालिकाको आमालाई उनको घरमा लगेर छाडिदिन्छु भनेर साईकलमा लगेपनि आफ्नै घरतर्फ लगेर बलात्कार गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com