कारर्वाहीको माग गर्दा सरकारले गोली चलायो: सांसदहरु


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि गरिएको हत्याको विषयमा सांसदहरुले आवाज उठाएका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले दोषी किन पत्ता लागेन भन्दै सरकारको जवाफ माग गरेका छ ।

पन्तको विषयमा प्रहरीले सधैं अनुसन्धान मात्र गर्ने तर अभियुक्त पक्राउ नगरेकोमा उनीहरुले आपत्ति जनाए। सांसद नेकपाकी सांसद मीना पाण्डेले निर्मलाको बलत्कारपछि हत्यामा अभियुक्तलाई लुकाउने प्रयास भइरहेको र घटना राजनीतिकरण हुँदै गएको बताइन्।

कांग्रेस सांसद मीन विश्वकर्माले घटनापछि न्याय माग्दै आन्दोलनमा उत्रिएका पीडित पक्षहरुलाई दबाउने र अभियुक्तलाई बचाउनेतर्फ सरकार लागेको आरोप लगाएका छन । प्रहरीले अनुसन्धान गर्नुपर्नेमा सुस्त मनस्थितिका व्यक्तिलाई पक्राउ गरेर ढाँटिरहेको भन्दै सरकारको जवाफ माग गरेका हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी सांसद रामबहादुर विष्टले पनि कञ्चनपुरकी बालिकाको छानबिन मात्र गर्ने कि अपराधी पनि पक्राउ गर्ने भन्दै प्रश्न गरेका छन। बलत्कारीलाई पक्राउ गर्न सरकार असफल भएको उनल आरोप लगाएका छन ।

सांसदले मैनाकुमारी भण्डारीले बलात्कारका घटना देशभर भइरहेको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिन्। बालिका र वृद्धाहरु पनि सिकार भएको भन्दै उनले त्यसका कडा हुन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रंगमती शाहीले बलात्कारीलाई कारबाही माग गर्दा सरकारले गोली चलाएको भन्दै उनले त्यसको बारेमा संसदमा जानकारी माग गरिन्।

‘निर्मला पन्तका दोषीलाई कारबाही हुनुपर्छ भन्दा किन गोली चलाएको होरु सत्य तथ्य छानबिन होस्,’ उनले भनिन्, ‘न्याय माग्दा अब गोली हान्नुपर्ने हो।’

सांसद राधा ज्ञवालीले अब संविधान संशोधन गर्दै बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने कानुन बनाउन माग गरिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com