‘भारतले जुन चाहेको थियो, त्यही गर्न पुगिएछ’- सीपी गजुरेल


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेपालमा गणतन्त्र स्थापनाको निम्ति पछिल्लो चरणमा आफूहरूले भारतले चाहेअनुसारै काम गर्न पुगेको बताएका छन्।

‘पार्टीको तत्कालीन नेतृत्व (प्रचण्ड र बाबुराम भट्टराई) ले भारतसमक्ष आत्मसमर्पण गरेको र त्यसैअनुसार सात दल र माओवादीबीच १२ बुँदे सहमति भएको’ उनको आरोप छ।

सहमति हुँदा उनी र मोहन वैद्य भारतको जेलमा थिए। उक्त सहमतिपछि जनआन्दोलन चर्केको थियो।

‘कठैबरा’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘भारतलाई चिढ्याउने गरी चीनलाई सार्कमा भित्र्याउने र पाकिस्तानसँग सम्बन्ध बढाउने अनि भारतले भनेको कुरा जस्ताको त्यस्तै नमानेको’ उनको बुझाइ छ।

‘त्यति हुँदा पनि राजालाई साइजमा ल्याउने भारतको भित्री उद्देश्य रहेको हुनसक्ने’ बताउँदै तत्कालीन माओवादीका विदेश विभाग प्रमुख रहेका गजुरेलले आन्दोलन बढ्दै जाँदा उसले राजतन्त्रलाई ‘कठैबरा भन्न नचाहेको’ विश्लेषण सुनाए।

उनले भने, “त्यसकारण नीतिगत रूपमा भारतले पहिले गणतन्त्र ल्याउन खोजेर हामी पछि लागेको होइन।”

फेरि सङ्घर्ष

त्यसको अर्थ अहिले आफूहरू माध्यम बनेको अनुभूति भएको हो त?

नेता गजुरेल भन्छन्, “जेलमा भएकाले पार्टी नेतृत्वको गतिविधि थाहा भएन। अहिले मूल्याङ्कन गर्दा भारतले जुन चाहेको थियो त्यही गर्न पुगियो।”

राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापनापछि त्यसलाई आत्मसात् गर्ने शक्तिसँग फेरि सङ्घर्ष हुने र त्यसपछि आफूहरू जनगणतन्त्रमा जाने पार्टीको निर्णय रहेको उनको भनाइ छ।

तर त्यसबाट पछि हटेर नेतृत्वले आत्मसमर्पन गरेको नेता गजुरेलले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com