मलाई तु अवार्ड चाहियो !


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

-अच्युत सिग्देल

म हरेक विहान मात्र एक पटक 
अपवादमा पटक पटक
दिनहु निरन्तर सन्डास गर्छु र गर्दैछु
कहिले वाहिर र कहिले भित्र गर्छु
रातो खाए रातैगर्छु, कालो खाए कालैगर्छु
म पुरस्कारको हक़दार हुँ
मलाई वेष्ट विष्ट्याऊने पुरस्कार चाहिन्छ
किनकि म योग्य छु
हो ! यो मैले मात्र गर्न सक्छु
मलाई तु अवार्ड चाहियो !

ऑखा फुक्लने गरि पिऊन सक्छु
पाटी, पौवा र चौरस्ता
वा दोवाटोमा लड्न सक्छु
परि आए मॉ वॉ देखि सातौ पुस्ताको
हड्डि मर्किने गरि गालि वक्न सक्छु
जताततै भित्ता कोर्न र भर्न सक्छु
दारू पिलाऊनेको स्तुती र
दूमो नझार्नेहरूको समवेदना लेख्न सक्छु
हो त्यो म मात्र गर्न सक्छु
मलाई तु पुरस्कार चाहियो !

जानी जानी वुझ पचाऊन सक्छु
आफ्नाको गल्ति डाकछोप गर्ने कला छ
विरोधीको खोईरो खन्ने वानी पनि त छ
आफू नग्न भएर सँसार नाङ्गो लेख्न सक्छु
मुख मुखै त लागुन वैरी हरू
वत्तिस निकालेर भुईमा राखिदिन
ऊठ्नै नसक्ने गरि कम्मर भॉचि दिन सक्छु
वा मेरो अत्भुत क्षमता मान्नै पर्छ
म कौडीमा विक्न सक्छु
तिललाई पहाड र पहाडलाई तिल वनाऊन
त वॉया हातको खेल न हो
यो मेरो विलक्षण प्रतिभा काफि छैन र
मेरो पुरस्कार पाऊने यथेष्ट प्रमाण हैन र ?

सजिलै काम तमाम र विगार्ने कला छ
जावो घरको त के कुरा
समाज र सँसार तोडिदिन सक्छु
पार्टी पौवा र दोस्ती ?
चुट्किमा पति पत्नी सम्वन्ध
भाई भाईको मनमा नफ़रतको
कोलो जालों भर्दिन सक्छु
यताको ऊता र ऊताको एता
पारिदिनु न हो
केहि गर्नै नपर्ने लामो लामो छोड्दिन सक्छु
यहि त हो सवै भन्दा ठूलो ख़ासियत
सँसारमा सवै भन्दा ठूलो मान्छै मै हुँ
हँ ! को भन्दा कम छु र म
हो यसैले त पुरस्कार
निवेदन दिएर आऊछ मेरा नाम माग्न
मेरो नाम भित्तामा राख्ने ऊसको रहर छ रे
मात्र म नै हो हक़दार
हो मलाई तु अर्को पुरस्कार चाहियो !!

अच्युत सिग्देल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com