कारगारमा कैदी बन्दीलाई पनि विश्वकपको रौनक


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

रुसमा विहीबारबाट सुरु हुने विश्वकप फुटबलले विश्व तताइरहँदा सिन्धुपाल्चोक कारगारमा कैदी बन्दीलाई पनि विश्वकपको गर्मीले उत्तिकै छोएको छ ।

यसै कुरालाइ मध्यनजर गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले कारगारमा रहेका कैदी बन्दीलाई टेलिभिजन सेट प्रदान गरेको छ ।

विहीबारदेखि रुसमा हुने विश्वकपलाई मध्यनजर गरेर ३२ इन्चको एलईडी टेलिभिजन प्रदान गरेको कारागार व्यवस्था विभाग चौताराका प्रमुख नवराज सेनले जानकारी दिनुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्ग र निमित्त समन्वय अधिकारी युग बहादुर खड्काले एक कार्यक्रमकाबीच टेलिभिजन सेट प्रदान गर्नुभएको हो ।

जिल्ला समन्वय समितिको स्टोरमा मौज्दात रहेको टेलिभिजन सेट कारगारलाई प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख तामाङ्गले बताउनुभएको छ ।

कारगार प्रमुख नवराज सेनका अनुसार हाल जिल्लामा १०० जनाको क्षमता भएको कारगार भएपनि कैदी बन्दी भने ७६ जनामात्र रहेका छन् ।

सुचनाको हक हरेक नागरीकको नैसर्गिक अधिकार भएको र सूचना नपाउनु भनेको मानव अधिकार हनन हुनु भएकाले कैदीबन्दीले सूचना पाउन् भन्ने उदेश्यले टेलिभिजन सेट प्रदान गरेको प्रमुख तामाङ्गले बताउनुभएको छ ।

साथै टेलिभिजनको कारागार विभागले संरक्षण गर्ने र त्यसो नभएको खण्डमा जनप्रतिनिधि आफैंले पनि व्यवस्थापनमा सहयोग गर्ने प्रमुख तामाङ्गले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com