भारत र चीनका सेना आमनेसामने


प्रकाशित मिति : कार्तिक १९, २०७३ शुक्रबार

चिनियाँ सैनिकले बुधवार लाइन अफ कन्ट्रोल (एलओसी) नजिकै भारतीय भूमितर्फ बनाइरहेको नहरको काम रोकिदिएको छ । चिनियाँ सेनाले नहरको निर्माणकार्य रोकिदिएपछि त्यहाँ भारत-तिब्बत सीमा पुलिस पुगेको छ । उनीहरुले चिनियाँ सैनिकलाई आफ्नो सीमाबाट फिर्ता जान आग्रह गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार कयौं घन्टासम्म भारतका ७० जना र चीनका ५५ जना सैनिक आमने-सामने भएका थिए । भारतीय सेनाले भने यस्तो घटनाको इन्कार गर्दै यसलाई नियमित रुटिनको मामिलाको संज्ञा दिएको थियो । द हिन्दुले लेखेको समाचार अनुसार चिनियाँ सैनिकले भारतीयपक्षलाई त्यो क्षेत्रमा पूर्वाधार बनाउनुअघि आफूहरुको अनुमति लिन जरुरी रहेको बताएको थियो ।

यी दुई देशबीच सीमाक्षेत्रमा सैन्य पूर्वाधार निर्माण गर्दा सूचना आदानप्रदान गर्ने सम्झौता भएको थियो । बुधवारको घटनामा दुबै देशका सैनिकले झन्डा लगाएर पोजिशन लिएका थिए । भारतीय जवानले त्यसक्रममा चिनियाँ सैनिकलाई त्यहाँ भन्दा अघि नबढ्न पनि सचेत गराएका समाचार सार्वजनिक भएको छ । १९ जुलाईमा उत्तराखण्डको चमोलीमा पनि चिनियाँ सैनिकले भारतले बनाइरहेको नहरको काम रोकिदिएको थियो । त्यो बेला भारतीय

सन् २०१४ मा पनि लद्दाखको निलुङ्ग नालाको काम चिनियाँ सैनिकले मजदुरका टेन्ट भत्काइदिएका थिए । भारत र चीन बीच विवादित इलाका ४ हजार किलोमिटरको रहेको छ । तर चीनले भने विवादित सीमाक्षेत्र केबल २ हजार किलोमिटर मात्रै रहेको दाबी गरेको कारोबारमा खबर छ ।

यही कारण पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेको कश्मिरबाट अक्साई चीनलाई चीनको जिम्मा लगाएको छ । यस मुद्दामा दुबै देशबीच कयौँ पटक वार्ता भइसकेको छ। तर अहिलेसम्म समाधान निस्केको छैन ।

चीन र भारतबीचको सीमा विवाद ६४ वर्ष पुरानो हो । यसको ठूलो कारण भनेको अन्तरराष्ट्रिय सीमाना प्रष्ट नहुनु हो । भारतले चीनमाथि जानीजानी विवाद सुल्झाउन चासो नदिएको आरोप लगाउँदै आएको छ । भारतले म्याकमोहन लाइनलाई मान्दै आएको छ भने चीनले यसलाई सिधै नकार्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com