न्युयोर्कमा नेपाली चेलीहरु सम्मानित


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

नेवा नख न्यूयोर्कले आयोजना गरेको कार्यक्रममा नेपाली चेलीहरु सम्मानित भएका हुन् । नेपाल सम्बत ११३७ को शुभकामना आदानप्रदान र म्हपुजा कार्यक्रममा नेपाली चेलीहरु कञ्चन अमात्य, जोली अमात्य, सञ्जिता श्रेष्ठ प्रधान र लुना रञ्जितलाई सम्मान गरिएको हो ।

आआफ्नो क्षेत्रबाट समाजमा योगदान गरेवापत उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा अलेक्जेण्डर गर्गिल, शेरी ओना हाडलिन, नातासा ओजनाइक, एलेन कून र नखका पुर्व अध्यक्ष बिरेन्द्र प्रधानलाई पनि सम्मान गरिएको थियो ।

14938023_10154692100457458_1312933620_n

को हुन् सम्मानित हुने नेपाली चेलीहरु ?

लुना रञ्जित :

Luna

अमेरिकामा नेपाली सामाजिक अभियन्ता हुन् लुना रञ्जित । सामाजिक क्षेत्रमा उनको योगदान र लगनशिलताका कारण हालै उनी ग्रिनेल कलेजले पुरस्कारबाट सम्मानित भएकी थिइन् । नेपाली र नेपालीभाषी आप्रवासीहरुको अधिकारका लागि कृयाशिल संस्था अधिकारकी संस्थापक मध्येकी एक हुन् लुना रञ्जित ।

लुनाले सृजना श्रेष्ठ, रश्मी श्रेष्ठ, ताफाद्जा पासिपान्डोया लगायतसंग मिलेर स्थापना गरेको संस्था हो अधिकार । उनी अधिकारकी सहसंस्थापिका हुन् । उनले अमेरिकाको ग्रिनेल कलेजबाट अर्थशास्त्र र विकाश अध्ययनमा स्नातक गरेकी हुन् भने प्रिन्सटन युनिभर्सिटीको वुड्रो विल्सन स्कुलबाट पब्लिक एण्ड एन्टरनेशनल अफयेर्समा स्नातकोत्तर गरेकी हुन् । सन् १९९६ मा ग्रिनेल कलेजमा अध्ययनका लागि अमेरिका आएकी हुन् लुना । उनले सन् १९९६ देखि २००० सम्म ग्रिनेल कलेजमा अध्ययन गरिन् भने त्यसपछि सन् २००२ देखि सन् २००४ सम्म प्रिन्स्टन युनिभर्सिर्टीमा ।

काठमाडौंमा जन्मिएका लुनाले अर्थशात्र र गणितमा नेपालको बुढानिलकण्ठ स्कुलबाट ए लेभलको अध्ययन गरेकी थिइन् । सन् १९८२ देखि काठमाडौंको सेन्ट मेरी हाइ स्कुलमा अध्ययन सुरु गरेकी लुनाले सोही स्कुलबाट सन् १९९३ मा एसएलसी पास गरेकी हुन् । अध्ययन सकेपछि उनले आफ्नो समय सामाजिक कार्यका खर्चन थालेकी हुन् ।

अधिकारमा आवद्ध हुनेताका उनले सन् २००५ मा एचआईभी एड्स सम्बन्धि संस्थामा काम गरिन् । त्यो भन्दा अगाडि उनले दक्षिण एसियाका कामदारहरुको संस्था आन्दोलनमा अभियान संयोजक भएर काम गरिन । उनले आन्दोलनमा सन् २००४ देखि सन् २००५ सम्म काम गरेकी हुन् । त्यो भन्दा अगाडि सन् २००० देखि सन् २००२ सम्म उनले शैक्षिक विकाश प्रतिष्ठानमा प्रोग्राम एसोसियटका रुपमा काम गरेकी थिइन् ।

जोली अमात्य :

Jolly 1

संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीको अध्यक्षता गर्ने अवशर पाउने नेपाली युवती हुन् जोली अमात्य । अमात्य संयुक्त राष्ट्रसंघको यति उच्चतहमा पुग्ने सबैभन्दा कम उमेरकी नेपाली हुन् । यसअगाडि उनले संयुक्त राष्ट्रसंघको युथ एसेम्ब्लीमा को चेयर गर्दै आएकी थिइन् । राष्ट्रसंघको सबैभन्दा ठूलो युवा सम्मेलनका रुपमा परिचित युथ एसेम्ब्ली विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने उच्च तह हो ।

युथ एसेम्ब्ली राष्ट्रसंघमा सबैभन्दा लामोसमय चल्ने सबैभन्दा ठूलो मध्येको एउटा सम्मेलन हो । सम्मेलनमा अध्यक्षताको लागि नियुक्त भइसकेपछि अमात्यले ९७ देशका १ हजार भन्दा धेरै प्रतिनिधिहरुको नेतृत्व गर्दै अगस्त १० देखि १२ सम्म राष्ट्रसंघ मुख्यालयमा कार्यक्रम गरिसकेकी छिन् । राष्ट्रसंघको दिगो विकाश लक्ष्य कार्यान्वयनका लागि युवा नेतृत्वको शशक्तिकरणको उद्देश्यसहित कार्यक्रम गरिएको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवशको अवशरमा समापन गरिएको थियो । राष्ट्रसंघले सन् २०३० भित्रसम्ममा सबै प्रकारका गरिबी र भोकमरी उन्मुलन गर्नेदेखि विपदसँग जुध्ने क्षमता मजबुत बनाउने सहित १७ वटा लक्ष्य राखेर दिगो विकाश लक्ष्य तय गरेको छ ।

जोली अमात्यले ९७ देशका सयौं युवा प्रतिनिधिहरुले खचाखच भरिएको ऐतिहासिक राष्ट्रसंघको महासभाहलमा आयोजित युथ एसेम्ब्लीमा सम्बोधन गरेकी थिइन् । युवा प्रतिनिधीहरुका लागि राष्ट्रसंघका महासचिव बान कि मुनले विशेष सन्देश सम्प्रेषण गरेका थिए ।

जोलीले राष्ट्रसंघको युथ एसेम्बलीमा नेपालको युवा प्रतिनिधिका रुपमा सन् २०१३ मा प्रवेश गरेकी थिइन् । तीनबर्षको छोटा अवधिमा नै उनी उच्च तहमा पुग्न सफल भएकी हुन् । सन् २०१५ मा उनले युथ एसेम्बलीमा को चेयर गरेकी थिइन् । उनको लगनशिलता र कडा परिश्रमका कारण यो बर्ष उनी मुख्य तहमा नै पुग्न सफल भएकी हुन् ।

विगत सातबर्षदेखि अमेरिकामा पेशागत अनुभव हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न अंगहरु सहित विश्व बैंक, हेविट्याट फर ह्युमानिटी, एक्शन एड इन्टरनेशनल लगायतका संस्थामा काम गरिसकेकी छिन् । यो अवधिमा उनले नेपालका युवा र महिलाको अवस्थामा सुधारका क्षेत्रमा समेत काम गरेकी छिन् ।

जोलीले ह्वाइटमा हाउसमा एएपीआई युथ फोरममा नेपालको प्रतिनिधित्व गर्नुका साथै उनी ह्वाइटहाउसको महिला सम्मेलनमा सहभागिताका लागि छानिएकी थिइन् । सन् २०१५ मा उनलाई ग्लोबल कनेक्शन फर वुमन फाउण्डेशन न्युयोर्कले युथ ग्लोबल लिडर अचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । महिला र युवा सम्बन्धि विभिन्न सामाजिक संस्थाहरुमा समेत सकृय रुपमा लागिरहेकी जोलीले छोटो समयमा नै हासिल गरेको उपलब्धी नेपाली युवाहरुका लागिमात्र नभई विश्वभरका युवाका लागि नै प्रेरणादायी छ ।

नेपालमा जन्मेर हुर्केकी जोलीले सेन्ट मेरी उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी थिइन् । हाइस्कुलमा नै उनी सन् २००७ मा भ्वाइस अफ वुमनले छनौट गरेको टपटेन वुमन अवार्डबाट सम्मानित भएकी थिइन् । त्यसपछि उनी थप अध्ययनका लागि अमेरिकामा आएकी थिइन् । उनले आयोवाको को कलेज र बोष्टनको हार्भड युनिभर्सिटीमा अध्ययन गरिन् ।

कञ्चन अमात्य :

Kanchan

नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली कन्चन अमात्यले अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो । अमेरिकन प्रतिनिधि सभामा उनले यस्तो जिम्मेबार पाएकी हुन् ।

सानो उमेर देखि नै सफलताको खुट्किलो चढ्दै निरन्तर रुपमा कदम माथि कदम अगाडी बढाउदै गरेकी अमात्य काठमाडौं सेन्ट मेरिज पढाई पश्च्यात नर्बेमा युनाईटेड वर्ल्ड कलेज नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाईन् । मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट ) तहमा अध्ययनरत छिन् ।

अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछा पालन कृषि फारम कि सह संस्थापक हुन् भने सयुक्त राष्ट्र संघमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन् । उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ । यसै गरि राष्ट्रपति भवनमा व्हाइट हाउस को कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा वक्ताको रुपमा प्रस्तुति समेत गरि सकेकी छिन् ।

राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गर्ने सबै भन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् । अमात्य ग्लोबल च्याम्पियन फर वुमेनस इकोनोमिक इम्पावर मेन्ट ,सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण ,युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपाल कि अन्तर राष्ट्रिय निर्देशक ,रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो ,ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार ,नेपाल ,शान्ति एज्नेट ,बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरीसकेकी छिन् ।

सञ्जिता श्रेष्ठ प्रधान :

sanjita_pradhan

नेपाली छोरी सञ्जिता प्रधानले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति राष्ट्रपति बराक ओवामाको सल्लाहकार हुन् । प्रधानको करियर कम्प्युटरमा भएपनि सामाजिक सेवामा उनी बढी सक्रिय छिन् । यससघि प्रधानले शरणार्थी रिसेटलमेन्टमा काम गरेकी थिइन् ।

सन २०१३ देखि आयोवास्थित एसिया प्सासिफिक आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखका रुपमा कार्यरत रहेकी प्रधान भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी विद्यार्थी थिइन् । प्रधान अमेरीका पुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहदै आएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com