कथा – ‘नियती’: अच्युत सिग्देल


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

– अच्युत सिग्देल

एक नव यौवना प्रवश वेदनामा छटपटीमा थिईन्। वेथा चर्को लागेको कारण गॉऊभरी हल्ला भयो । सवै जन्मा भए । सुढेनीहरू तछाड मछाड गर्दै घेरिईन थाले । युवती दुखेको पिडाले ज़ोर जुलुम गर्दै रूदै थिईन् । कतिपय युवतीलाई दोष दिदै थिए, नसक्नेले किन पाऊनु पर्ने ? ऊमेर नै नपुगी आमा वन्न हतार । यसले के पाऊने हो, छोरा हो या छोरी ? छोरा पाई भने लच्छिन नत्र.. आदिआदि ..।

लामो अट्टहास क्रन्दन र रोदन पछि वच्चा रोएको आवाज़ आयो । सवै वच्चा समात्न हतार गर्ने थाले । वच्चा खोसाखोस भयो । सयौ सुढेनी थिए तर सुत्केरी किट नै रहेनछ । नत कसैको सालनाल काट्ने र वाध्ने तिर ध्यान गयो ।

वच्चा जन्मेकोमा खुसियाली मनाईयो लड्डु पेडा वॉडियो । वाजा गाजा वजे, खसि रॉगा ढालियो । मदीरा खोलियो ।

गाऊ नाचगानमा मस्त झुमे । जसन मनाईयो पुरा गाऊँ खुसि भयो ।

विहान भयों । पूर्ववाट सुर्यले नया लालिमा छरिन । नया दिन सुरू भयो । यता प्रशुती पिडा र ऊच्च रक्तश्रावले युवती थलिएकि थिईन । हनहनि ज्वरों आएको थियो । नत कसैले एक गिलास दुध पिलाए न एक कप मन तातों पानी नै । भोक र प्यासले खलिएकी विचरी सॉझ पख देहत्याग गरिन ।

सवै गाऊले ज़म्मा भए रूना धुना सुरूभयो । सवै छाति पिटी

पिटी रूदै थिए वा रोयको देखाऊदै थिए । सवै मिलेर लास ऊठाएर मसानघाट लगे । आगो लगाएर पिट्दै यूवति खरानी वनिन र वगिन गँगाको पानी पानी स्वर्ग तिर ।

सवै घाटे र मलामि मिलेर पुन पार्टी गरे । नरिवल फुटे, मिस्री, काजु, वदाम र पिस्ता वगरमा छरियो । जिलेवी केरा धोकेर मलामी गाऊँ फर्किए । दुई दिनको जसन मनाऊदा सवैको तिघ्रा भरिएको थियो ।

यता नववावु नादान छोरी वोकेर वसेका थिए । तत पिलाऊन दुध थियो नत आऊथ्यो स्याहर सुसार गर्न नै । नाभि नकाटिएर कुहिएको थियो । रात भर चिसोमा आमासँगै परेर निमोनिया भएकि थिईन । नत मोल्न सक्थिन नत सँसार देख्न नै । हनहनी आएको ज्वरोले कापेर आमाको न्यानो खोज्दै थिईन ऊनी । अवोध हात हल्लिन मानेकै थिएन । छुट्टा चल्न छोडेका थिए । दोखले थलिएकि सानी नानी पापी सँसार सँग आँखा जुधाऊन चाहिनन कि के हो वावुको काखैमा मसिना ऑखा वन्द गरिन । एकै छिनमा ऊनको ज्वरो निको भयो चिसी भईन ऊनी .. प्रताड़ित नव वावुको धड्कन एक्कासी वढ्यो डाँडो नै हल्लिने गरि रोय ऊनी ऑखामा ऑसु भेल वनेर नदी वग्यो ।

पुन गाऊले जमघट भए, घाटमा लगे, वच्चीको सतगद भयों पुन पार्टि भयों । पेडा र हलुवा पनि थपिए यस पटक ।

विवाहमा खर्च भएको ऋण, आफ़तमा गरिएको पार्टिको ऋण तिर्न गैरी वारीको खले पाटो वेचियो । सवै तिरोतारो गरेर वचेको पैसा कहॉ छ ? यो पैसा राखेर के हुन्छ ? मरेर जॉदा त लाने हैन होला .. अनेक तर्क वितर्क गर्दै गाऊलेहरू अर्कों पार्टी खाने वहाना खोज्दै छन् , ऊनीहरूलाई फोकटमा खाएर छम छमि नाच्ने आदत जो वनेको छ । यो एक नियती वनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com